दक्षिण अफ्रिका च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा

दक्षिण अफ्रिका च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा

  • आइतवार, फाल्गुन १८, २०८१
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौँ । दक्षिण अफ्रिका जारी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुगेको छ ।

शनिबार सम्पन्न खेलमा इङल्याण्डलाई ७ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो ।

इङल्याण्डले दिएको १८० रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाके २९.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्ड ३८.२ ओभरमा अल आउट हुदै १७९ रन बनाएको थियो ।

यो जितपछि समुह बी बाट दक्षिण अफ्रिका ३ खेलमा ५ अंकसहित शिर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ । त्यस्तै अस्ट्रेलिया ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ ।

त्यसैगरी योसँगै समुह बी बाट अफगानिस्तान र इङल्याण्ड प्रतियोगिताबाट बाहिरिएका छन् ।

अब समुह चरण अन्तर्गतको अन्तिम खेल आइतबार समुह ए को भारत र न्यूजील्याण्डबीच हुदै छ । यस खेलले समुह विजेता र उपविजेताको तय गर्ने छ । समुह ए बाट भारत र न्यूजील्याण्ड सेमिफाइनल पुगिसकेका छन् भने समुह ए बाट पाकिस्तान र बंगलादेश बाहिरिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी