सशस्त्र प्रहरीको ‘ बाहिनी पत्ती’ कपमा सुर्खेत पहिलो

सशस्त्र प्रहरीको ‘ बाहिनी पत्ती’ कपमा सुर्खेत पहिलो

  • शनिबार, फाल्गुन १७, २०८१
  • हेमन्त केसी

  • 4.4K
    SHARES

सुर्खेत । सशस्त्र प्रहरी बल महेश्वरी बाहिनी मुख्यालय सुर्खेतको आयोजनामा ‘ बाहिनी पत्ती’ कप २०८१ को अवसरमा  खेलकुद प्रतियोगिताहरु सम्पन्न भएका छन् । बीरेन्द्रनगर स्थित मुख्यालयमा भएको खेलकुद प्रतियोगितामा कर्णालीका प्रदेशमा बिभिन्न जिल्लाहरुमा रहेका गणहरुबाट ६ वटा टिम सहभागी भएका थिए ।

चार दिन सम्म संचालित तेस्रो वाहिनीपति कप– २०८१ आज समापन भएको छ । कुल १६ बिधामा आयोजना गरिएको खेलकुद प्रतियोगितामा कर्णाली प्रदेश अन्तर्गतका सशस्त्र प्रहरी बल नेपालका गण तथा गुल्म हेडक्वाटरबाट  १३५ जना सशस्त्र प्रहरी कर्मचारीले भाग लिएको इङसिपेक्टर जीवन मल्लले जानकारी दिए ।

उक्त प्रतियोगितामा भलिबल, फुटबल, कबड्डी, टेबलटेनिस, दौड लगाएतका खेलहरु सन्चालन गरियको थियो। जसमा न. ३२ गण हेडक्वाटर सुर्खेतले १५ स्वर्ण पदक सहित २६ पदक हासिल गरि शिल्ड सहित पहिलो अंक ल्याउन सफल भएको छ । महेश्वरी बाहिनी मुख्यालयका निमित्त बाहिनीपती सशस्त्र प्रहरी बरिस्ठ उपरीक्षक प्रकाश थापाले विजयी भएका सबैलाई बधाई दिदै खेलकुदले देश भक्तिको भावना उजागर गर्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी