माओवादी तराई मधेश जागरण अभियान अन्तर्गत आज सिराहामा विभिन्न कार्यक्रम हुँदै

माओवादी तराई मधेश जागरण अभियान अन्तर्गत आज सिराहामा विभिन्न कार्यक्रम हुँदै

  • शनिबार, फाल्गुन १७, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

सिरहा, १७ फागुन। नेकपा (माओवादीकेन्द्र) को तराई मधेश जागरण अभियान अन्तर्गत आज विभिन्न कार्यक्रम हुँदैछ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार साँझ नै सिरहा आईपुगेका छन्। जनतासँग माओवादी, हुलाकीमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेश जागरण अभियान क्रममा अध्यक्ष प्रचण्ड सिरहा आएका हुन्।

हिजो बेलुकी हुलाकी सडक अन्तर्गत भगवानपुर आईपुगेका अध्यक्ष प्रचण्डसहितका नेताहरु त्यहि वस्ने कार्यक्रम रहेको जिल्ला इन्चार्ज अजय शंकर नायकले जानकारी दिए।

स्वागत पश्चत अध्यक्ष प्रचण्ड स्थानीय व्यसायी बलराम साहको घरमा बास बसेका थिए । सवै नेताहरुलाई फरक फरक ठाउँमा बासको व्यवस्था मिलाईको पार्टीले जनाएको छ। वास बस्ने स्थानहरुमै खाना व्यवस्था मिलाईएको इन्चार्ज नायकले जानकारी दिए।

स्वागत कार्यक्रमपछि आज विहान मोरनिङ्ग वाक, सोहीक्रममा भेटघाट, नवराजपुर १ की सामुहिक बलात्कार पछि सङ्कास्पद मृत्युभएका स्वर्गिय रिङ्कु सदायको परीवारसँग भेटघाट, नगराजपुर चौकमा स्वागत, बरियारपट्टीमा भेटघाट तथा स्वागत, दरहिया, औरही, गणेशपुर, कृष्णपुर चौकमा स्वागत पश्चात अपरान्ह सिरहा सदरमुकाममा जनसभा आयोजना गर्ने कार्यक्रम रहेको इन्चार्ज नायकले जानकारी दिए।

जनसभा पश्चात बसविट्टाचौकमा स्वागत पश्चात धनुषाको लागि अध्यक्ष प्रचण्ड सहितको टोली प्रस्थान गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ