उर्जामन्त्रीलाई कुलमानको जवाफ- उर्जा मन्त्रालयले मलाई स्पष्टीकरण सोध्ने अधिकार छैन

उर्जामन्त्रीलाई कुलमानको जवाफ- उर्जा मन्त्रालयले मलाई स्पष्टीकरण सोध्ने अधिकार छैन

  • बिहिबार, फाल्गुन १५, २०८१
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूमाथि स्पष्टीकरण सोध्ने अधिकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई नभएको बताएका छन् । आफूलाई यसअघि सोधिएको स्पष्टीकरण के कति कारण चित्तबुझ्दो भएन ? भन्दै उनले प्रश्नसमेत गरेका छन् । स्पष्टीकरणमा आधार र कारण नखुलेकाले थप पुस्ट्याइँ पेस गर्ने अवस्था नरहेको उनको भनाइ छ ।

बुधबार उर्जा मन्त्रालयले २४ घण्टे प्रष्टीकरण सोधिएका कुलमानले आजै बुधवार प्रष्टीकण बुझाउदै आफूमाथि लगाइएका सबै आरोप मनोगत रहेको उनले उल्लेख गरेका छन् । ‘मेरो नियुक्तिश्चात्‌ प्रगतिको सूचकांकले सबै प्रगति उजागर गर्छ । तसर्थ आत्मगत रुपमा जवाफ चित्तबुझ्दो नभएको भनी पुनः स्पष्टीकरण माग गरिएको कानुन र न्यायको मान्य सिद्धान्त प्रतिकूल छ,’ उनको स्पष्टीकरणमा भनिएको छ ।

उनले भनेका छन्- ‘निवेदकलाई सेवाबाट हटाउने विषयमा स्पष्टिकरण सोध्ने र कारवाही गर्ने अधिकार कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा १६, नेपाल सरकारको कार्य सञ्चालन नियमावली, २०६४ को नियम २१ (अनुसूची – १ को क्र.स. ३३) र नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रवन्धकको सेवा शर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ को विनियम २४ बमोजिम मन्त्रालयलाई नभएको व्यहोरा पुनः निवेदन गर्दछु ।’

उनले नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रवन्धकको सेवा शर्त तथा सुविधा सम्वन्धी विनियमावली, २०६१ को विनियम २२ मा उल्लिखित अवस्था मध्ये कुन आरोपमा कारवाही गर्न लागिएको हो ? भन्ने प्रश्न गर्दै स्पष्टिकरणमा कसुर एकिन नगरी गोश्वरा आरोपमा कारवाही गर्न नमिल्ने जवाफ दिएका छन् ।

घिसिङलाई ऊर्जा मन्त्री दीपक खड्काले मन्त्री स्तरीय निर्णय गरेर स्पष्टीकरण सोध्दै आन्तरिक तथा बाह्य भ्रमण, काज र बिदाका विषयमा प्रश्न सोधेका थिए । स्पष्टीकरण सोध्नकै लागि ऊर्जामन्त्री खड्काले कात्तिकयता भ्रमण आदेश स्वीकृत नगरेको पनि उनले बताए ।
‘२०८१ भदौ र असोज महिनाको भ्रमण गर्दाको हकमा मन्त्रीज्युबाट भ्रमण आदेश स्वीकृत भएको तर त्यसपछिका दिन पूर्वजानकारी गराई भ्रमणमा गई फर्केकामा सो अवधिको भ्रमण आदेश स्वीकृतिका लागि विधिवत् पेस भएकामा हालसम्म पूर्वअभ्यास बमोजिम निकासा दिइएको छैन,’ घिसिङले बुझाएको पत्रमा उल्लेख छ, ‘यसबाट मलाई स्पष्टीकरण सोध्नकै लागि उक्त भ्रमण आदेश स्वीकृत नगरिएको प्रस्तुत स्पष्टीकरणबाट प्रकट भएको छ ।’

घिसिङले ०८१ साउनदेखि फागुन १३ सम्म करिब १४ पटक आन्तरिक र २ पटक भारत भ्रमणमा गएको बताएका छन् । उनले ऊर्जा मन्त्री खड्कासँगै ४ पटक आन्तरिक भ्रमणमा गएको पनि उल्लेख गरेका छन् ।
‘माननीय मन्त्रीज्यूसँग २०८१ भदौ १२ मा मध्य भोटेकोशी जलविद्युत् कम्पनीको साइट कार्यालय, २०८१ भदौ २४ मा संखुवासभा, २०८१ असोज १० मा सुस्ता र २०८१ कात्तिक ३ मा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको साइट कार्यालय काजमा गएको र सो बाहेक अन्य दिन एक्लै पनि गएको अवस्था छ,’ उक्त पत्रमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी