रिसाएर हिँडेका नारायणकाजी फेरि माओवादी अभियानमा मिसिए

रिसाएर हिँडेका नारायणकाजी फेरि माओवादी अभियानमा मिसिए

  • बिहिबार, फाल्गुन १५, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, १५ फागुन । माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ फेरि तराई मधेश जागरण अभियानमा सरिक भएका छन् ।

झापाको कचनकवलबाट चार दिनअघि सुरु भएको अभियानको उद्घाटन कार्यक्रममा आफूलाई मनोवैज्ञानिक दबाब दिएर बोल्न नदिएको भन्दै अभियान छाडेर हिँडेका श्रेष्ठ बिहीबार सुनसरीमा आयोजित कार्यक्रममा सरिक भएका छन् ।

श्रेष्ठले अभियान सुरु भएको भोलिपल्टै चितवन पुगेर असन्तुष्टि व्यक्त गरेका थिए । उनले सम्बोधन गरिरहेका श्रेष्ठले नजिकै उभिएका कार्यक्रम प्रस्तोता झापा जिल्ला संयोजक राजु आचार्यसँग सवालजवाफसमेत गरेका थिए। नारायणकाजीले सम्बोधन गर्दैगर्दा उनी पोडियम नजिकै उभिएका थिए। तर, श्रेष्ठले किन उभिएको ? भन्दै प्रश्न गरेका थिए। सोही विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत स्पष्टीकरण दिनुपरेको थियो। चितवन पुगेर झापामा रिसाएको सन्दर्भमा श्रेष्ठले माफीसमेत मागेका थिए।

पार्टी अध्यक्ष प्रचण्डसहित पार्टीका सबैजसो शीर्ष नेता अभियानमा जुटेका छन्। माओवादीले यो अभियानलाई जनतासँग पुनः फर्कने अभियानको रूपमा लिएको छ। प्रचण्डले झापा र मोरङका विभिन्न स्थानमा आयोजित कार्यक्रमबाट हौसिँदै पार्टी २०६४ कै अवस्थामा पुगेको दाबी गर्ने गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ