च्याम्पियन्स ट्रफीमा आज बंगलादेश र पाकिस्तान खेल्दै

च्याम्पियन्स ट्रफीमा आज बंगलादेश र पाकिस्तान खेल्दै

  • बिहिबार, फाल्गुन १५, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज बंगलादेश र पाकिस्तानबीच खेल हुदै छ ।

पाकिस्तानको रावलपिन्डीमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुने छ ।

समुह ए मा रहेका बंगलादेश र पाकिस्तान जारी प्रतियोगितामा सेमिफाइनलको दौडबाट बाहिर भइसकेकाले यस खेलको नतिजाले कुनै फरक भने पर्ने छैन । तर दुवै देश प्रतियोगितामा आफ्नो पहिलो जित हासिल गर्ने उद्धेश्यले आज मैदानमा उत्रिने छन् ।

बंगलादेश र पाकिस्तान आफ्ना दुवै खेलमा भारत र न्यूजील्याण्डसँग पराजित भएका हुन् । समुह ए बाट भारत र न्यूजील्याण्ड सेमिफाइनलमा पुगिसकेका छन् ।

बंगलादेश र पाकिस्तानबीच एकदिवसीय खेलमा हेड टू हेडको कुरा गर्दा दुवैबीच अहिलेसम्म ३९ खेल भएका छन् । जसमा पाकिस्तानले ३४ खेल जितेको छ भने बंगलादेशले ५ खेल जितेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी