नेकपा माओवादी केन्द्रले सुरु गरेको ‘जनतासँग माओवादी तराई(मधेस जागरण अभियान’ अन्तरगत आज सुनसरीमा अभियान गर्दै छ। यो सँगै कोशी प्रदेश अन्तर्गतका कार्यक्रमहरु आज समापन हुनेछन् ।
आज बिहान बर्जु–शुक्रबारे बजारमा बिहान सहिद गेट अवलोकन, उखु किसानसँग छलफलसँगै अभियानको शुभारम्भ हुने छ ।
बर्जु ताल निरीक्षणपछि त्यही कोणसभा गर्ने कार्यक्रम गरिनेछ।
दिउँसो १ बजेसम्म देवानगन्जमा कार्यकर्तासँग भेटघाटपछि हरिनगरका मुस्लिम समुदायसँग भेट्ने कार्यक्रम रहेको पार्टीका कोशी प्रदेश ईन्चार्ज हर्क बहादुर नेम्वाङ मिक्सोले जानकारी दिए ।
हुलाकी राजमार्गकेन्द्रित अभियानअन्तर्गत सत्तेरझोडामा जनसभा, इनरुवा नगरपालिकाको जाल्पापुरमा नगर अधिवेशन उद्घाटन गर्दै कोसी गाउँपालिकामा जनभेटघाट कार्यक्रम रहेको नेम्वाङले बताए।
भोक्राहा नर्सिङ गाउँपालिकाका कार्यकर्ताहरूसँग भेटघाटलगायत एक दर्जन कार्यक्रमपछि साँझ वराहक्षेत्रको मधुवनमा बस्ने तालिका रहेको उनले जानकारी दिए।
माओवादी केन्द्रले यही फागुन १२ गते ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ झापाको कचनकवलबाट सुरु गरेको हो।
अब बाँकी अभियान कहाँ कहिले ?
मधेस प्रदेश
सप्तरी ः फागुन १६ गते
सिरहास् फागुन १७ गते
धनुषास् फागुन १८ गते
महोत्तरीस् फागुन १९ गते
सर्लाहीस् फागुन २१ गते
रौतहटस् फागुन २२ गते
बारास् फागुन २३ गते
पर्सास् फागुन २४ गते
बागमती प्रदेश
चितवनस् फागुन २५ गते
गण्डकी प्रदेश
नवलपुर : फागुन २६ गते
लुम्बिनी प्रदेश
परासी : फागुन २७ गते
रुपन्देही: फागुन २८ गते
कपिलवस्तु: चैत्र २ गते
दाङ: चैत्र ३ गते
बाँके: चैत्र ४ गते
बर्दिया: चैत्र ५ गते
सुदूरपश्चिम प्रदेश
कैलाली: चैत्र ६ गते
कञ्चनपुर : चैत्र ७ गते समापन ।