प्रधानमन्त्री ओली सहभागी कार्यक्रममा विरोध गर्ने आशंकामा ४ जना पक्राउ

प्रधानमन्त्री ओली सहभागी कार्यक्रममा विरोध गर्ने आशंकामा ४ जना पक्राउ

  • मङ्लबार, फाल्गुन १३, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

फाल्गुन १३, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा विरोध गर्ने आशंकामा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ ।

जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको नवनिर्मित डेन्टल कलेज भवनको उद्‍घाटनमा विरोध गर्ने आंशकामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी एसपी अपीलराज बोहराका अनुसार राजु सुनुवार, किरण केसी, मोहन श्रेष्ठ र राजेश दाहाललाई नियन्त्रणमा लिइएको छ । एसपी बोहराका अनुसार प्रधानमन्त्रीज्यू सहभागी हुने कार्यक्रम बिथोल्ने गरी उनीहरूले सामाजिक सञ्जालमा आह्वान गरेकाले उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

चारै जनालाई प्रहरी वृत्त बौद्धमा राखिएको छ । प्रधानमन्त्री ओलीले भवनको उद्घाटन गरिसकेका छन् । कार्यक्रम भने चलिरहेकाले उनीहरूलाई नछाडिएको प्रहरीको भनाइ छ । कार्यक्रममा स्वास्थ तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, प्रतिनिधिसभा सदस्यलगायत सहभागी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ