माओवादी केन्द्रले देशभर जितेका स्थानीय तहका प्रमुख उपप्रमुखहरुका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रम आज समापन हुँदैछ ।
हिजोदेखि शुरु भएको अभिमुखीकरणको उद्घाटन अध्यक्ष प्रचण्डले गरेका थिए ।
संघ र प्रदेशमा सरकार नभएको अवस्थामा पार्टीले जितेका १२३ वटा स्थानीय सरकार मार्फत कृषि, पर्यटन, उद्योग र रोजगारी, शिक्षा र स्वास्थ्यका क्षेत्रमा राम्रो परिणाममुखी काम गरेर जनतासँग एकाकार हुन अध्यक्ष प्रचण्डले आग्रह गरेका थिए ।
त्यसपछि विभिन्न विज्ञहरुले प्रशिक्षण दिईरहेका छन् भने पालिकाका केही प्रमुखहरुले आ आफ्नो अनुभूति राखिरहेका छन् ।
चाबहिलको दरबार प्यालेसमा आज प्रशिक्षण कार्यक्रमको समापन हुने माओवादी केन्द्रीय कार्यलयका सचिव गणेशमान पुनले जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline