ताप्लेजुङ स्थित पाथीभारा देवीको मन्दिरसम्म केबलकार बनाउन लागिएपछि त्यसको बिरोधमा उत्रिएको समुहले निरन्तर आन्दोलन जारी राखेको छ ।
दिन दिनै आन्दोलन चर्किदै जाँदा सरकारले पटक पटक वार्ता गरे पनि निष्कर्ष निकाल्न सकेको छैन ।
पटक पटक झडप हुने क्रममा शनिबार साँझ फुङलिङ बजारमै झडप भएको छ ।
झडपमा दुई प्रदर्शनकारी र ८ प्रहरी घाईते भएका छन् ।
नो केबलकार पक्षले आज साँझ फुङलिङ बजारमा राँके जुलुस निकाल्ने क्रममा झडप भएको प्रहरीले जनाएको छ।
झडपका दुईजना गम्भीर घाइते भएका छन्। धरानका एके दर्नाल र लेलेप बस्ने केसिङ कुमार लिम्बू घाइते भएका जनाइएको छ।
यस्तै, प्रहरीतर्फ ८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
आन्दोलनकारीले चौतर्फी आक्रमण गर्न थालेपछि अबस्था गम्भीर भएको प्रहरीले जनाएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline