नेपाल भोजपुरी प्रतिष्ठान वीरगञ्जद्वारा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

नेपाल भोजपुरी प्रतिष्ठान वीरगञ्जद्वारा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • शनिबार, फाल्गुन १०, २०८१
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

वीरगञ्ज । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा वीरगञ्ज महानगरपालिकाले गठन गरेको भोजपुरी प्रतिष्ठान वीरगञ्जले शुक्रबार लायन्स क्लब अफ सेसमी एकेडेमीको सहयोगमा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ।

वीरगञ्ज महानगरपालिकाको तालिम केन्द्र सभाहलमा सम्पन्न कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष अनिता साहको अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण रहेका थिए भने लायन्स क्लब अफ सेसमी एकेडेमीकी डिस्ट्रीक्ट डिपुटी प्रमुख आश्मा सिंह यादव, नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुव सिंह ठकुरी, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह लगायतको आतिथ्यमा प्रतियोगिता सम्पन्न भयो।

प्रतियोगितामा वीरगञ्जका त्रिभुवन हनुमान, त्रीजुद्ध, कन्या, माइस्थान विद्यापीठ, सिद्धार्थ र नृसिंह विद्यालयका १२ जना विद्यार्थीले सहभागिता जनाएका थिए। वक्तृत्वका क्रममा प्रतियोगीहरूले मातृभाषाको सम्मान, संरक्षण, प्रवर्द्धन तथा यसको विकासमा भएका अवरोधबारे विचार व्यक्त गर्दै भोजपुरीसहित नेपालका सबै मातृभाषाको सम्मान गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

प्रतियोगितामा सिद्धार्थ विद्यालयका चन्द्रकान्त महतो प्रथम स्थान हासिल गर्दै प्रमाणपत्र, शैक्षिक सामग्री तथा नगद रु १,५०० पुरस्कार प्राप्त गरे। त्रीजुद्ध विद्यालयका रोहित साह कानुले दोस्रो स्थान हासिल गरी प्रमाणपत्र, शैक्षिक सामग्री तथा नगद रु १,००० प्राप्त गरे भने सिद्धार्थ विद्यालयकै अन्तिमा कुमारी रौनियार तेस्रो स्थान हासिल गर्दै प्रमाणपत्र, शैक्षिक सामग्री तथा नगद रु ५०० प्राप्त गरिन्। अन्य ९ जना सहभागीलाई प्रमाणपत्र र शैक्षिक सामग्री प्रदान गरी हौसला बढाइएको थियो।

प्रतियोगिताको निर्णायक मण्डलमा समाजसेवी आशमा सिंह यादव, पत्रकार जय यादव र पत्रकार सुर्य शुभचिन्तक रहेका थिए। उनीहरूले प्रतियोगीहरूको प्रस्तुति मूल्यांकन गर्दै आगामी दिनमा सुधारका लागि सल्लाह सुझाव पनि दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि कर्णले गमलामा बिरुवा रोपेर उद्घाटन गरेका थिए। आफ्नो सम्बोधनमा उनले मातृभाषा पहिचान र स्वाभिमानसँग जोडिएको भन्दै यसको संरक्षण तथा प्रवर्द्धनमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए। अन्य अतिथिहरू ठकुरी र सिंहले पनि मातृभाषाको महत्वबारे प्रकाश पार्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे।

प्रतियोगितामा स्वागत मन्तव्य श्याम सर्राफले दिएका थिए भने प्रतियोगिताको उद्देश्यबारे पत्रकार अजय चौरसियाले प्रकाश पारेका थिए। कार्यक्रमको सञ्चालन पत्रकार माधुरी महतोले गरेकी थिइन्।

कार्यक्रमको अन्त्यमा अध्यक्ष अनिता साहले प्रमुख अतिथि, अतिथिहरू तथा शिक्षकलाई भोजपुरी भाषाको पुस्तक उपहार दिँदै सम्मान गरेकी थिइन्। साथै, सहभागी विद्यार्थीहरू तथा लायन्स क्लब अफ सेसमी एकेडेमी परिवारलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरिएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी