एकीकृत समाजवादीले जारी गर्यो १३ बुँदे आचारसंहिता, महिलाप्रति एकनिष्ठताको व्यवहार गर्नुपर्ने

एकीकृत समाजवादीले जारी गर्यो १३ बुँदे आचारसंहिता, महिलाप्रति एकनिष्ठताको व्यवहार गर्नुपर्ने

  • शुक्रबार, फाल्गुन ९, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

९ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आफेना नेता तथा कार्यकर्ताको आचरण र व्यवहार बारे १३ बुँदे आचारसंहिता जारी गरेको छ ।
शुक्रबारबाट ललितपुरमा सुरु भएको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकमा अध्यक्ष माधव कुमार नेपालले १३ बुँदे आचारसंहिता पेस गरेका हुन् ।

आचारसंहितामा मार्गनिर्देशक सिद्धान्त, मूल्य मान्यता, आचरण, नैतिकता, व्यवहार, जिम्मेवारी, जवाफदेहिता, अध्ययनशीलता, अनुशासनको पालना लगायतका विषय समावेश गरिएका छन् ।

‘कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरू एकआपसमा र जनतासँग शिष्ट, मर्यादित, सम्मानजनक र समानताको व्यवहार गर्नुपर्नेहुन्छ’ आचारसंहितामा भनिएको छ, ‘बोल्दा अश्लील र अपशब्दको प्रयोग गर्नु हुँदैन ।’

आचारसंहितामा परपुरुष–परस्त्री शारीरिक सम्बन्ध र विवाहपूर्व तथा वैवाहिक सम्बन्ध बाहिरको शारीरिक सम्पर्कलाई अनैतिक भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ