नेपालको लगातार दोस्रो जीत, अब फाइनलमा म्यानमारसँग पक्का

नेपालको लगातार दोस्रो जीत, अब फाइनलमा म्यानमारसँग पक्का

  • बिहिबार, फाल्गुन ८, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, ९ फागुन । नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ ।

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ को जारी खेलमा नेपालले लेबनान माथी १–० को जीत निकालेको हो ।

यो जीतसँगै घरेलु टोली नेपाल र म्यानमार फाइनलमा भेट्ने पक्का भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको दोस्रो खेलमा स्ट्राइकर सावित्रा भण्डारीको गोल निर्णायक बन्दा नेपालले लेबनानलाई १–० ले जीत हासिल गरेको हो ।

यो जीतसँगै २ खेलमा स्पष्ट ६ अंक जोडेको नेपाल र म्यानमार एक खेलअगावै फाइनलमा प्रवेश गरेको हो ।

आजको पहिलो खेलमा किर्गिस्तान म्यानमारसँग ५–० ले पराजित भएको थियो ।

करिब १२ हजार घरेलु समर्थकबीच सावित्राले निर्धारित हाफ सकिन तीन मिनेट बाँकी छँदा अट्याकिङ मडफिल्डर विमला चौधरीको सेटपीसलाई सदुपयोग गर्दै गोल गरिन् । सावित्राले बक्स बाहिरबाट गरेको प्रहार विपक्षी खेलाडी फराह इल टयारसँग डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी