“आधुनिक भोजपुरी समालोचना” पुस्तकको विमोचन

“आधुनिक भोजपुरी समालोचना” पुस्तकको विमोचन

  • बिहिबार, फाल्गुन ८, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

वीरगंज । वीरगंज महानगरपालिकाद्वारा गठित भोजपुरी प्रतिष्ठान वीरगंजको आयोजनामा प्रतिष्ठानका सल्लाहकार एवं भाषा आयोगका सदस्य गोपाल अश्कद्धारा लिखित “आधुनिक भोजपुरी समालोचना” पुस्तकको बुधबार लोकार्पण एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

वीरगंज–४ स्थित कन्या माध्यमिक विद्यालयको सभाहलमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि भारत बिहारका बरिष्ठ साहित्यकार प्रो. डा. हरिन्द्र हिमकरले पुस्तकको विभिन्न पक्षहरुको बारेमा चर्चा एवं टिप्पणी गरेका थिए ।

पुस्तकका लेखक अश्कले भोजपुरी, नेपाली र हिन्दी भाषामा विभिन्न पुस्तकहरु लेखेर नेपाल एवं भारतमै ख्याति कमाएको चर्चा गर्दै प्रमुख अतिथि हिमकरले यो पुस्तक नेपाली भाषामा लेखिए पनि भोजपुरी भाषा, कला, संस्कृति लगायतका विषयहरु समेटिएकोमा खुसी व्यक्त गरे ।

भोजपुरी प्रतिष्ठान वीरगंजकी अध्यक्ष अनिता साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार प्रमोद पाण्डे “हेरम्ब”, डा. विश्वम्भर शर्मा र कुमार सचितानन्दले पुस्तकमा समेटिएका विषयवस्तुहरुको बारेमा आफ्ना भनाई एवं टिप्पणीहरु राखेका थिए ।

सो अवसरमा अखिल भारतीय भोजपुरी साहित्य सम्मेलन भारतका साहित्य मन्त्री गुलरेज सहजाद, नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुव सिंह ठकुरी, उपाध्यक्ष रितुराज, कलवार सेवा समाजका पूर्व अध्यक्ष इन्द्रदेव साह, सतिस चन्द सज्जल, अनिशकान्त कुश्वाहा, लेखिका अस्मिता पटेल, छोटेलाल साह एवं प्रतिष्ठानका सदस्यहरु, साहित्यकार, कलाकार, सञ्चारकर्मी लगायतको उल्लेखनिय सहभागिता रहेको थियो ।

प्रतिष्ठानका कार्य समिति सदस्य अमोद गुप्ताले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सहजिकरण श्याम सर्राफले गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी