काठमाडौं । नेपाल स्रष्टा समाजले रेखा -पवन स्रष्टा सम्मानद्धारा वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद रिजाललाई अर्पण गर्ने गर्ने भएको छ । नेपाल स्रष्टा समाजको केन्द्रिय कार्यसमितिको फागुन ६ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।
रु.१ लाख १सय ११ रुपैयाँ नगदराशि र सम्मानपत्र सहितको उक्त सम्मान नेपाली साहित्यमा पाँच दशकभन्दा बढी समयदेखि कविता,गीति क्षेत्रमा रिजालले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान अर्पण गर्न लागिएको समाजले जनाएको छ । नेपाली साहित्यको श्रीबृद्धिमा लागिपरेका ६० वर्ष उमेर पुगेका र उत्कृष्ट रुपमा लेखनीलाई निरन्तरता दिइरहेका स्रष्टामध्येबाट उक्त स्रष्टा सम्मान अर्पण गर्न थालिएको पनि विज्ञप्तिमा जनाइएको छ ।

रेखा -पवन स्रष्टा सम्मानको लागि यस पटक बरिष्ठ साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेको संयोजकत्वमा नाम सिफारिस समिति गठन गरि समितिले सिफारिस गरेको नामलाई नेपाल स्रष्टा समाजको केन्द्रिय कार्यसमिति बैठकले अनुमोदन गरेको अध्यक्ष ‘रोदन’द्धारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
बरिष्ठ साहित्यकार पवन आलोक तथा उहाँकी धर्मपत्नी रेखा कँडेलको नाममा उहाँका छोरीहरु बिमला कँडेल थापा,रिता कँडेल बस्नेत,अनिता कँडेल,छोरा सुनिल कँडेल र बुहारी माला कटुवाल कँडेल समेतले यो सम्मानको लागि अक्षयकोष व्यवस्था गरिदिएका बरिष्ठ साहित्यकार पवन आलोक तथा उहाँकी धर्मपत्नी रेखा कँडेलको नाममा उहाँका छोरीहरु बिमला कँडेल थापा,रिता कँडेल बस्नेत,अनिता कँडेल छोरा सुनिल कँडेल,बुहारी माला कटुवाल कँडेल समेतले यो सम्मानको लागि अक्षयकोष व्यवस्था गरिदिएका समाजका प्रचार समितिका संयोजक प्रदीप सापकोटाले जानकारी दिए । आगामी फागुन २४ गते काठमाडौंमा एक कार्यक्रम आयोजना गरि समर्पण गरिने बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline