सरकार बिस्तारै एमालेकरण भईरहेको छ, खबरदारी गर्नु पर्छ : शेखर कोईराला

सरकार बिस्तारै एमालेकरण भईरहेको छ, खबरदारी गर्नु पर्छ : शेखर कोईराला

  • मङ्लबार, फाल्गुन ६, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले सरकार बिस्तारै एमालेकरण भईरहेको भन्दै खबरदारी गर्नु पर्ने औल्याएका छन् ।

आज काठमाडौँमा नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरूले राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै कोइरालाले काँग्रेस सत्ता पक्षमा रहेको तर सरकार बाहिर रहेको भन्दै यस्तो टिप्पणी गरेका हुन् ।

नेता कोइरालाले संयन्त्रद्वारा सरकार चलाउने कुरा कम्युनिस्ट देशहरूमा मात्रै हुनसक्ने भन्दै लोकतन्त्रमा त्यस्तो नहुने प्रष्ट्याए । उनले अहिले केन्द्रदेखि गाउँपालिकासम्म संयन्त्रबाट शासन गर्ने र अब बिस्तारै वडामा पनि संयन्त्र बनाएर शासन गर्ने दुष्प्रयत्न भइरहेको बताए ।

हामी प्रतिस्पर्धी पनि हौँ । भोलिको राजनीतिमा एमालेको प्रतिस्पर्धी नेपाली काँग्रेस हो । हामीले जे कुरामा चित्त बुझ्दैन, त्यसमा खबरदारी गरेर अघि बढ्नुपर्ने आवश्यकता छ, नेता कोइरालाले भने, ुमलाई छ डर लागिरहेको छ, चिन्ता लागिरहेको छ । यो सरकार एमालेकरण त भइरहेको छैन भन्ने चिन्ता लागेको छ । संयन्त्रद्वारा सरकार चलाउने कम्युनिस्ट र साम्यवादी देशहरूमा मात्रै हुनसक्छ । यहाँ यही प्रक्रिया केन्द्रदेखि गाउँपालिकासम्म बनाइसकिएको छ । अब वडामा बाँकी छ । वडामा पनि संयन्त्र बनाउने दुष्प्रयास गर्न खोजिरहनुभएको छ । लोकतन्त्रमा संयन्त्रले देश चलाउने होइन । कता कता न थाहा पाउने गरी एमालेकरण भइरहेको छ ।’

‘यो सरकार बनाउने बेलामा हामी सबै लागेका थियौँ । देशमा सुशासन छैन, सुशासन दिन सकिन्छ, संविधान संशोधन गर्न सकिन्छ भनेर दुई ठुला दल मिलेर सरकार बनाऔँ भनेर लागेका थियौँ । राजनीतिक स्थायित्व दिन सकिन्छ, देशलाई समृद्ध बनाउन सकिन्छ भनेर पहल गरेको हो, नेता कोइरालाले भने, ुतर जसरी यो सरकार चल्दैछ, अघि बढ्दैछ, संसद्लाई छलेर अध्यादेश ल्याउने काम गरेको छ, यसले लोकतन्त्रलाई अप्ठ्यारोमा पारिरहेको छ । अध्यादेश राम्रो छ की छैन, कस्तो छ भन्ने कुरा पछिको कुरा हो । संसद् बोलाउनु ६ दिन पहिला अध्यादेश ल्याइन्छ । के कारणले किन ल्याएको हो भन्ने कुरामा सरकारले जवाफ दिनुपर्छ । हामीले यो सरकारलाई सुशासन दिन्छ भनेर ल्याएको हो । तर कस्तो सुशासन भने घुस दिनेलाई समात्ने, घुस लिने छोडिदिने रहेछ । महान्यायाधिवक्ताको क्रियाकलाप हेर्नुभयो भने उहाँलाई जुन अधिकार दिएको छ राज्यले त्यो अधिकारको दुरुपयोग भइरहेको छ ।’

सामाजिक सञ्जाल सम्बन्धी विधेयक मानिसको अभिव्यक्ति स्वतन्त्रताप्रति आघात पुग्ने गरी ल्याइएको नेता कोइरालाको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ