अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उदघाटन खेलमा म्यानमार बिजयी

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उदघाटन खेलमा म्यानमार बिजयी

  • सोमवार, फाल्गुन ५, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

काठमाडौं, ५ बैशाख । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा म्यानमारले उदघाटन खेलमा बिजयी भएको छ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो हिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ ले पराजित गरेर बिजयी सुरूवात गरेको हो ।

म्यानमारको जितका लागि कप्तान विन थिङ्गे टुन, श्वे वि टुन र सान थउ थउले समान एक गोल गरेका थिए भने एक गोलले पछाडि रहेको अवस्थामा लेबनानका लागि लिला इस्कान्डारले बराबरी गोल फर्काएकी थिइन् । सबै गोल दोस्रो हाफमा सम्भव भएका हुन् ।

दुबै टोलीले केही सुन्दर अवसरलाई गोलमा परिणत गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । पहिलो जितसँगै ४ देशसम्मिलित प्रतियोगितामा म्यानमारले तीन अंक जोडेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी