लुम्विनी प्रदेशसभामा ओलीको संबोधनः देश अरुले बनाईदिदैन, आफैले बनाउने हो

लुम्विनी प्रदेशसभामा ओलीको संबोधनः देश अरुले बनाईदिदैन, आफैले बनाउने हो

  • सोमवार, फाल्गुन ५, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई अगाडि बढाउनुपर्ने बताएका छन्। लुम्बिनी प्रदेशसभाको बैठकमा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीनै तहले सहकार्य गर्दै नेपाललाई नेपाली आफैँले बनाउनु पर्ने बताए ।

उनले कुनै पनि देश अर्काले आएर नबनाइदिने हुनाले आफैंले देश बनाउनुपर्ने बताए। ‘चालीस वर्ष अगाडि छिमेकी चीन गरिब मुलुक थियो, अहिले आफ्नै मेहनतले सम्पन्न भइसकेको छ। हामीले पनि प्रविधि प्रयोगको ल्याकत बढाएर आफैँले देशको विकास गर्नुपर्छ।’, प्रधानमन्त्री ओलीले भने, ‘कुन ठाउँमा के उत्पादन हुन्छ भन्ने पहिचान गरेर ठूलो परिणाममा खेती र उत्पादन गर्न सकेमा बजार पाइन्छ। त्यसकारण हामीले त्यस्ता उत्पादनमा लाग्नुपर्छ। उद्योगहरु स्थापनाका लगानी विस्तार गर्नुपर्छ। त्यसका लागि सरकारको तर्फबाट सहजीकरण गर्नुपर्छ। तीन वटै तहका सरकार यसमा सहकार्यका साथ अगाडि बढ्नुपर्छ। ’

उनले केन्द्र सरकारले लगानी विस्तार र सूचना प्रविधि क्षेत्रको विकासका लागि विभिन्न अध्यादेश ल्याएको दाबी गर्दै अध्यादेशको धेरै तिरबाट स्वागत भएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ