सिके राउतका नेता कार्यकर्ता खुलेआम हतियार लिएर हिँड्दै

सिके राउतका नेता कार्यकर्ता खुलेआम हतियार लिएर हिँड्दै

  • आइतवार, फाल्गुन ४, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

वीरगञ्ज ४ फागुन । नेपालमा सामाजिक सञ्जालमा हातहतियार प्रदर्शन निषेधित मानिन्छ । तर, प्रभावशाली राजनीतिक नेताहरूले नै हातहतियारसहितका तस्बिर पोस्ट गरेपछि कानुनी शासनको निष्पक्षता माथि गम्भीर प्रश्न उठेको छ ।
नेपाल सरकारका पूर्व खानेपानी मन्त्री तथा जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष अब्दुल खान र पार्टीका रौतहट जिल्ला इन्चार्ज शेख जमसेदले सामाजिक सञ्जालमा हातहतियारसहितको तस्बिर पोस्ट गरेका छन् ।

तस्बिर सार्वजनिक भएपछि उनीहरूमाथि व्यापक आलोचना भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले नेताहरूमाथि कानुनी कारबाहीको माग गर्दै ‘सर्वसाधारणलाई मात्रै कानुन लागू हुने हो र?’ भन्ने प्रश्न उठाइरहेका छन् ।
केही दिनअघि मात्रै जन्मदिनमा हातहतियार प्रदर्शन गरेको आरोपमा केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो । तर, प्रभावशाली नेताहरूले नै त्यही कार्य गरेपछि सरकारले कस्तो प्रतिक्रिया दिन्छ भन्नेमा सबैको चासो बढेको छ ।

नेपालमा सार्वजनिक स्थान वा सामाजिक सञ्जालमा हातहतियार प्रदर्शन गर्नेलाई कानुनी कारबाही गरिने प्रावधान छ । तर, नेताहरूको हकमा यस्ता नियम नलाग्ने जस्तो देखिएको भन्दै आलोचना भइरहेको छ ।
विवाद बढेपछि शेख जमसेदले फेसबुकबाट तस्बिर हटाएका छन्, तर यस घटनाले कानुनी शासन र राजनीतिक नैतिकताको विषयलाई पुनः सतहमा ल्याएको छ । कानुन सबैका लागि समान लागू हुन्छ वा पहुँचवालाहरू उन्मुक्ति पाउँछन् भन्ने प्रश्न उठ्न थालेको छ ।
सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले सरकार र प्रहरी प्रशासनलाई निष्पक्ष रूपमा कानुनी शासन लागू गर्न आग्रह गरिरहेका छन् । ‘सर्वसाधारणलाई सजायँ, तर नेताहरूलाई छुट? यस्तो दोहोरो मापदण्ड कहिलेसम्म?’ भन्ने आवाज चर्किएको छ ।

अब सरकार र प्रशासनले यस विषयमा कस्तो कदम चाल्छ भन्ने प्रतीक्षामा धेरै छन् । कानुनी शासनलाई सबैका लागि समान रूपले लागू गरिन्छ वा राजनीतिक पहुँचवालाहरूलाई उन्मुक्ति दिइन्छ? यो सवाल गम्भीर रूपमा उठिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी