बिरगंजमा आज देखि महिला क्रिकेट तथा अण्डर–१२ क्रिकेट प्रतियोगिता सुरु

बिरगंजमा आज देखि महिला क्रिकेट तथा अण्डर–१२ क्रिकेट प्रतियोगिता सुरु

  • शनिबार, फाल्गुन ३, २०८१
  • दीपक चौरासीया

  • 7.8K
    SHARES

वीरगञ्ज ३ फागुन । प्याब्सन वीरगञ्ज महानगर समितिले बिरगंजमा आज देखि महिला क्रिकेट तथा अण्डर–१२ क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
प्याब्सन वीरगञ्जका अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख आलमले बालबालिकालाई विद्यालय स्तरबाटै खेलमा प्रोत्साहन गर्नु महत्वपूर्ण रहेको बताए । उनले विद्यालय तथा विभिन्न संघसंस्थाले क्रिकेट प्रतियोगिता आयोजना गर्न थालेपछि क्रिकेटको क्रेज बढ्दै गएको उल्लेख गर्दै, खेल क्षेत्रले पनि भविष्य सुरक्षित गर्ने अवसर प्रदान गर्न सक्ने बताए । उनले वीरगञ्जका क्रिकेट खेलाडी आशिफ, आरिफ र साना प्रविणलाई स्मरण गर्दै उनीहरूको योगदान प्रशंसनीय रहेको बताए ।
पर्सा क्रिकेट संघका अध्यक्ष ई. मनिष सिंहले जिल्लामा पहिलो पटक महिलाको क्रिकेट टोली गठन गरिएको जानकारी गराउँदै क्रिकेट केवल शौख मात्र नभएर करियर बनाउन सकिने क्षेत्र भएको बताए । उनले वीरगञ्जबाटै खेलेर साना प्रविणले १९ वर्ष मूनिको विश्वकप खेलिसकेको स्मरण गराए । साथै, उनले आउँदो केही दिनमै महिलाको राष्ट्रिय टोलीको क्याम्प वीरगञ्जमा सुरु हुने र त्यसपछि अन्तर्राष्ट्रिय खेल समेत आयोजना गरिने जानकारी दिए ।
प्रतियोगितामा महिलातर्फ २१ विद्यालय र १२ वर्ष मूनिको क्रिकेटतर्फ २० विद्यालयले सहभागिता जनाएका छन् । नेपाल विद्यालय खेलकुद महासंघको समन्वयमा सञ्चालन भइरहेको प्रतियोगितामा टेनिस बलको प्रयोग गरिनेछ । नकआउट आधारमा खेल खेलाइने प्रतियोगिता संयोजक तथा प्याब्सन वीरगञ्ज महानगर समितिका सचिव अमित आलोकले जानकारी दिए । उनका अनुसार एक दिनमा चार वटा खेल हुनेछन् ।
कार्यक्रममा प्याब्सन वीरगञ्जका निवर्तमान अध्यक्ष आलोक चौरसिया, जीवन ज्योति मा.वि.की प्रबन्ध निर्देशक मिनाक्षी गुप्ता, प्रिन्सीपल शिव गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी