फाल्गुन ३, काठमाडौँ । माओवादी केन्द्रका नेता तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले राजनीतिक दल, न्यायालय, कर्मचारी र मानसिकतामा संघीयता लागू गर्न नसक्दा नेपालको संघीयता कार्यान्वयनमा समस्या आएको बताएका छन् ।
संसदीय मामिला पत्रकार समाजले आयोजना गरेको नेपालमा संघीयता र समावेशीकरणः संरचना र अभ्यासु अन्तरक्रिया कार्यक्रममा धारणा राख्दै देवकोटाले राजनीतिक दलका नेताहरू केन्द्रीयतामा रमाउने तर मुलुक संघीय व्यवस्थामा गएको हुँदा संघीयता कार्यान्वयनमा समस्या उत्पन्न भएको बताएका हुन् ।
मुख्यतः राजनीतिक दलहरू शासन व्यवस्थाअनुसार नचल्दा संघीयतामाथि प्रश्न उठेको बताउर्दै उनले संविधानसभा सदस्यसमेत रहेका देवकोटाले संविधान निर्माणका क्रममा कस्तो संघीयता र कसरी संघीयता भन्नेबारेमा छलफल नहुँदा अहिले कार्यान्वयनमा समस्या देखिएको बताए ।
संविधान निर्माणका बेला संघीयताबारे निष्कर्षमा पुग्दा कस्तो संघीयता र कसरी संघीयता भन्नेमा कुनै बहस छलफल नै भएन । उनले भने, ‘नाम, नक्सा र सीमानाबारे मात्रै छलफल भयो ।’
राजनीतिक दलहरू शक्ति आफूमा केन्द्रित गर्ने हुँदा पनि संघीय व्यवस्था कार्यान्वयनमा समस्या देखिएको उनको भनाइ थियो । ुसंघीयताको समस्या भनेको राजनीतिक दलहरू संघीयकरण गर्न नसक्नु पनि हो । राज्य संघीय हुनुपर्ने तर राज्य चलाउनुपर्ने नेता र राजनीतिक दल संघीयतामा जान नपर्ने । वडा, स्थानीय तह र प्रदेशको टिकट केन्द्रले बाँड्नुपर्नेु उनले भने, ुकानुनले त प्रदेश समितिले टिकट दिनुपर्ने भन्छ । नेताहरू आफू एकात्मक भइराख्नुपर्ने मुलुकमा भने संघीय व्यवस्था हुनुपर्ने । यसैको लागि पार्टीहरूलाई संघीयकरण गरिएन ।
पार्टी संघीयकरण गर्न सकेको भए संघको सरकार तलमाथि हुँदा प्रदेशहरूको सरकार तलमाथि हुने थिएनन् देवकोटाले भने, संघीयता कार्यान्वयनमा देखिएको समस्याको मूल पनि त्यै राजनीतिक दलमा र नेताहरूमा रहेको छ । राजनीतिक दल, नेताहरूको मानसिकता, कर्मचारी संरचना र न्यायालयमा संघीयता कार्यान्वयन गर्न नसक्दा पनि समस्या देखिएको छ।
त्यस्तै, स्थानीय तह बलियो भएर चल्नुका पछाडि स्थानीय सरकार संचालन ऐन बन्नु रहेको पनि देवकोटाले बताए । तर, प्रदेश सरकार संचालन गर्ने ऐन अझैसम्म नबन्नुका कारण त्यहाँ समस्यासँगै प्रश्न उठेको उनको भनाइ छ । सरकार संचालन ऐन नबन्दा प्रदेशहरूले संघीय सरकारको नक्कल गर्दा झन समस्या उत्पन्न भएको उनको धारणा थियो