पूर्व प्रिमियर लिग फुटबलरलाई गोप्य सेक्स भिडियोको लागि जेल सजायँ

पूर्व प्रिमियर लिग फुटबलरलाई गोप्य सेक्स भिडियोको लागि जेल सजायँ

  • शनिबार, फाल्गुन ३, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

सियोल, ३ फागुन । दक्षिण कोरियाली अन्तर्राष्ट्रिय फुटबलर ह्वाङ उइ–जोले एक महिलासँग उनको सहमति बिना यौन सबन्धको फिल्म बनाएको आरोपमा  जेल सजाय तोकिएको छ ।

योनहाप समाचार एजेन्सीका अनुसार ३२ वर्षीय पूर्व प्रिमियर लिग फरवार्ड, जसले अक्टोबरमा दोषी स्वीकार गरेका थिए, जस अनुसार शुक्रबार दुई वर्षको लागि निलम्बित र एक वर्षको जेल सजाय सुनाइएको छ।

योनहापका अनुसार न्यायाधीश ली योङ जेले भने, ‘गैरकानूनी फिल्मिङ अपराधबाट हुने सामाजिक क्षतिको गम्भीरतालाई ध्यानमा राख्दै कडा सजायँ दिन आवश्यक छ ।’ न्यायाधीशले अगाडी भने, ‘ह्वाङले पीडितको इच्छाविपरीत आफ्नो मोबाइल फोन प्रयोग गरी चार पटक यौन सम्पर्कको दृश्य खिचेका थिए ।’

पत्रकारहरूले मुद्दा पछि पीडितलाई भन्नु पर्ने केही छ कि भनेर सोध्दा ह्वाङले आफूबाट गल्ति भएको भएको बताए । ‘म व्यक्तिगत रूपमा फुटबल प्रशंसकहरूसँग माफी चाहन्छु र साँच्चै धेरै दुःखी महसुस गर्छु,’ ह्वाङले भने । जो खेलाडी टर्किएमा स्थानतरण हुनु नटिङ्घम फरेस्टका लागि आरक्षित रहेका थिए।

उता, ह्वाङकी भाउजुले जुन २०२३ मा ब्ल्याकमेल गर्ने प्रयासमा ह्वाङको निजी भिडियोहरू पोस्ट गरेपछि यो घोटाला बाहिर आएको थियो । उनी भने अहिले ब्ल्याकमेल गरेको अभियोगमा ३ वर्ष जेलमा रहेकी छिन् । अभियोजकहरूले अक्टोबरमा मुद्दाको अन्तिम बहस गर्दा ह्वाङलाई ४ वर्षको जेल सजाय माग गरेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी