आहारारा गोल्डकपको फाईनल आज नेपालको पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स भीड्दै

आहारारा गोल्डकपको फाईनल आज नेपालको पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स भीड्दै

  • शनिबार, फाल्गुन ३, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

आहा रारा पोखरा गोल्डकपको २४ औँ संस्करणको उपाधिका लागि आज ९शनिबार० नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी भिड्दैछन्।

पोखरा रगंशालामा हुने खेल दिउँसो दुई बजेपछि सुरु हुनेछ।

आहा राराको ११ औँ संस्करणको फाइनल खेल्न लागेको पुलिस क्लब पाँच वर्षपछि उपाधि होडमा छ। पुलिस क्लब आजको खेलमा उज्वेकिस्तानको टोलीलाई हराउँदै सातौँ पटक उपाधि जित्न चाहन्छ।

पुलिस क्लबले आज उपाधि जिते सर्वाधिक सात पटक उपाधि जित्ने पहिलो टोली बन्नेछ।

आहा राराको इतिहासमा मनाङ र पुलिस क्लबले सर्वाधिक ६ पटक उपाधि जितेका छन्। थ्री स्टारको नाममा ५ वटा उपाधि रहेको छ। संकटा क्लब दुईपटक च्याम्पियन बन्दा आयोजक सहारा क्लब, अफ्रिकन युनाइटेड, एपिएफ र त्रिभुवन आर्मी क्लबले समान एकएक पटक उपाधि उचालेका छन्।

टोलीका कप्तान राम बाजीले पुलिस क्लबको पहिले र अहिलको टोलीमा निकै फरक रहेको बताएका छन्।

आफुहरुसँग सुरुवाती ११ मात्र हैन, बेन्च पनि राम्रो भएकाले उपाधि जित्ने योजनामा नै खेल्ने कप्तान बाजीले बताए।

उता पहिलो पटक नेपालमा खेल्न आएको उज्वेकिस्तानको टोलीमा त्यहाँको उमेर समुहमा प्रतिनिधित्व गरिसकेका खेलाडी छन्।

पहिलो सहभागितामा नै आहा राराको फाइनलमा पुगेको ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुल अजिज निशानबाएभले आफ्नो टोलीले एकपछि अर्को खेलमा उत्कृष्ट प्रर्दशन गरिरहेको सुनाए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी