काँग्रेस एमाले संविधान उल्ट्याउन लागिरहेका छन् : प्रचण्ड

काँग्रेस एमाले संविधान उल्ट्याउन लागिरहेका छन् : प्रचण्ड

  • शुक्रबार, फाल्गुन २, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

नेकपा (माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमालेको नेतृत्व संविधान संशोधन गर्नेमा नभई संविधान उल्ट्याउनमा केन्द्रित रहेको दावी गरेका छन्।

३०औँ जनयुद्ध दिवस तथा माओवादी केन्द्र जिरी नगरपालिकाको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो दाबी गरेका हुन्।

‘एमाले नेतृत्व र कांग्रेसका एकथरीले संविधानको प्रस्तावना र धारा–उपधारामा माओवादी नै माओवादी देख्ने गरेका छन्,’ उनले भने, ‘महिला, दलित, जनजाति, मधेशी, मुस्लिम, थारू आदि उत्पीडित समुदाय र क्षेत्रले पाएको अधिकार बढी भएको ठानेका छन्, त्यसैले उनीहरू संविधान संशोधन होइन, कुनै पनि बहाना गरेर यो संविधान उल्ट्याउन चाहन्छन्।’

दुईपटक संविधान मिचेर संसद् विघटन गरेको घटना यसकै उपज रहेको स्मरण गराउँदै प्रचण्डले अहिले पनि यो प्रवृत्ति र प्रयास नरोकिएको बताए। ‘मलाई सरकारबाट हटाउँदा संविधान संशोधनलाई मुख्य एजेन्डाको रूपमा अघि सारिएको थियो, तर अहिले आएर प्रधानमन्त्रीले नै ०८७ मा मात्रै संविधान संशोधन हुने भन्न थालेका छन्। यसबाट उनीहरू संविधान संशोधनमा इमानदार छैनन् भन्ने देखिन्छ,’ उनले भने।

विगतमा संसद् विघटन गर्दा लाखौँ जनतालाई सडकमा ल्याएर संघर्ष गरेपछि संविधान मिच्ने प्रयास असफल भएको उल्लेख गर्दै प्रचण्डले भने, ‘अहिले उनीहरूले चारैतिर घेरा हालेर संविधान च्यात्ने र जनताले पाएको अधिकार खोस्न खोजिरहेका छन्, तर हामी भने यसलाई अझै समृद्ध बनाउन र जनताका अधिकार थप्न चाहन्छौँ । प्रतिक्रियावादीहरूको षड्यन्त्रविरुद्ध जनतालाई एकताबद्ध गरेर संविधानको रक्षा र थप अधिकार सुनिश्चित गर्न चाहन्छौँ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ