भारतीय उर्जामन्त्रीको नेपाल भ्रमणपछि ओली भारत जाने उर्जामन्त्री खड्काको दाबी

भारतीय उर्जामन्त्रीको नेपाल भ्रमणपछि ओली भारत जाने उर्जामन्त्री खड्काको दाबी

  • शुक्रबार, फाल्गुन २, २०८१
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौँ । अहिले सम्म प्रधानमन्त्री केपी ओलीलाई औपचारीक निम्तो नदिएको भारत भ्रमणमा प्रधानमन्त्री केपी शर्मा ओली काठमाण्डौँमा भारतीय उर्जामन्त्रीको भ्रमण पछि जाने उर्जामन्त्री दीपक खड्काले दाबी गरेका छन् ।

बिहीबार भारतको भ्रमण सकेर स्वदेश फर्किएका ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले चाँडै प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्ने बताएका हुन् ।

उनले छिटै नै भारतीय ऊर्जामन्त्री नेपाल आउने र त्यसपछि मात्रै प्रधानमन्त्री ओलीको भारत भ्रमण तय हुने बताए । ‘इन्डिया इनर्जी वीक–२०२५’ मा भग लिएर स्वदेश फर्किनुभएका मन्त्री खड्काले भारत भ्रमणका क्रममा तीन जना मन्त्रीहरू ९विद्युतमन्त्री मनोहरलाल खट्टर, जलशक्तिमन्त्री सिआर पाटिल र पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीपसिंह पुरीसँग० सँग भेट गरेको र ठुला आयोजना सम्पन्न गर्ने बारेमा छलफल सकारात्मक रहेको जानकारी दिए । उनले भारतीय ऊर्जामन्त्री चाँडै नेपाल आउने तय भएको जानकारी दिए ।

उनले भने, ‘ऊर्जामन्त्री भारतबाट आइसकेपछि सम्माननीय प्रधानमन्त्रीको पनि भिजिट हुने कुरा छ । त्यसपछि सम्माननीय प्रधानमन्त्रीको पनि भिजिटको मिति तय हुन्छ भन्ने हाम्रो अनुमान छ ।’ मन्त्री खड्काले भने।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ