अध्यादेशहरु राष्ट्रिय सभाबाट पारित हुने प्रधानमन्त्रीको दाबी

अध्यादेशहरु राष्ट्रिय सभाबाट पारित हुने प्रधानमन्त्रीको दाबी

  • शुक्रबार, फाल्गुन २, २०८१
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका अध्यादेशहरू सदनबाट स्वीकृत हुने बताएका छन्। उनले आफ्नै पार्टीका नेताहरुसँगको छलफलमा यस्तो बताएका हुन् ।

सरकारले सहकारीसहित ८ वटा अध्यादेश गत माघ १८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभामा दर्ता गरे पनिसरकारले राष्ट्रिय सभाबाट पारित नहुने त्रासमा पेश गर्न नसकेका बेला प्रधानमन्त्रीको यो दाबी आएको हो ।

सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी नेपाल र सरकारमै सहभागी लोकतान्त्रिक समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेश स्वीकार गर्न नसक्ने निर्णय गरीसकेका छन् । प्रतिनिधि सभामा कांग्रेस–एमालेको मात्रै पनि बहुमत छ।

राष्ट्रिय सभामा कांग्रेस र एमालेका जम्मा २७ जना सांसद छन् जबकि बहुमतका लागि ३० जना सांसद आवश्यक पर्छ। यसका लागि ३ सांसद भएको जसपा नेपालको साथ अनिवार्य छ।

यस्तो अवस्थामा भूमिसम्बन्धी अध्यादेश के हुन्छ भन्ने प्रश्न उठेको छ।

प्रधानमन्त्री ओलीलाई भेट्न बागमती प्रदेश इन्चार्ज राजन भट्टराई, बागमती अध्यक्ष कैलाश ढुंगेल, पार्वत गुरूङ, देवी ज्ञवालीलगायत नेताहरू बालुवाटार गएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ