आज ३० औँ जनयुद्ध दिवस, माओवादी घटकले बिभिन्न कार्यक्रम गरी मनाउदै

आज ३० औँ जनयुद्ध दिवस, माओवादी घटकले बिभिन्न कार्यक्रम गरी मनाउदै

  • बिहिबार, फाल्गुन १, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

फागुण १ काठमाण्डौँ । तात्कालिन नेकपा माओवादीको नेतृत्वमा नेपालमा जनयुद्ध थालिएको आज ३० वर्ष पूरा भएको छ । २०५२ साल फागुण १ गते आजकै दिन माओवादीले सिन्धुली, रुकुम र रोल्पाका प्रहरी चौकीमा आक्रमण गरी युद्ध थालेको थियो ।
यस जनयुद्धको बलमा देशबाट राजतन्त्रको अन्त्य भयो भने अहिले समानुपातिक, समावेशी जस्ता मुद्धा सहितको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ ।

एक पटक हतियार उठाए पछि जनताको मुक्ति नभएसम्म बिसाइने छैन भन्ने घोषणा गरेर फागुन १ गते रोल्पाको होलेरी,रुकुमको राडि र सिन्धुलिगडि प्रहरी चौकीमा भरुवा बन्दुकका भरमा आक्रमण गरेर शुरु भएको जनयुद्धले एक दशकमा सन्सारमा ठुलो उथलपुथल मच्चायो ।

गरिब,किशान,मजदुर ,उत्पीडित जाति , छेत्र,लिङ्ग र समुदायले आफ्नो मुक्तिको सपना देखेर जनयुद्धमा साथ दिएका थिए ।
यस युद्धका क्रममा १७ हजार मानिसको ज्यान गएको थियो भने संयौ अझै वेपत्ता छन् । हजारौँ घाईते अपांग छन् ।

यसैको भरमा माओवादीले देशको ८० प्रतिशत बढी भुभाग कब्जा गर्न सफल भयो ।यसले देशमा माओवादीले भनेको जनवादी ब्यबस्था आउँछ भन्ने ठुलो आशा जागेको थियो ।
रोल्पा सहितका जिल्लामा चलेको जनसत्ताले आफ्ना कानुन लागू गरेका थिए । कम्युन, जनवादी स्कुल आदिको स्थापनाले पार्टी मजबुत बन्दै गएको थियो ।
ढाडमा टेकेर टाउकोमा हान्ने निति अनुसार काठमाडौंमा समेत भएका आक्रमणले प्रतिक्रियावादी शक्तिमा ठुलो आतंक फैलिएको थियो ।
सयौ प्रहरी चौकी खाली भए भने सेना ब्यारेकमा कैद जस्तो भएको थियो ।
तर बार बुदे सम्झौता हुँदै शान्ती प्रक्रिया पछि माओवादी जनयुद्ध कमजोर मात्र भएन , यसले स्थापित गरेका मुल्य मान्यता लगभग समाप्त भएको भन्दै आलोचना खेपिरहेको छ ।
२०६३ सालमा शान्ति सम्झौता सम्पन्न भएपछि वर्तमान राजनीतिक प्रणालीमा सहभागी हुँदै आएको माओवादीले त्यस यता चार पटक सरकारको नेतृत्व पनि गर्यो । तर पनि जनयुद्ध र अहिलेको परिवर्तनको मुख्य शक्ति माओवादी आन्तरीक विभाजन आदि कारणले शान्तिपूर्ण प्रतिस्पर्धामा भने निरन्तर कमजोर बन्दै गईरहेको छ ।

जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्रले आज पेरिसडाडामा कार्यक्रमको आयोजना गरेको छ भने देशभर विभिन्न कार्यक्रम गरी विभिन्न माओवादी घटक र माओवादी पृष्ठभूमिका पार्टी र संगठनहरुले ३० औं जनयुद्ध दिवस मनाउँदैछन् ।

जनयुद्ध सुरु गर्नुभन्दा अगाडि नै तत्कालीन नेकपा (माओवादी) ले पार्टीपंक्तिबीच विभिन्न सात बुँदामा प्रतिबद्धता घोकाएर नेता–कार्यकर्तालाई प्रशिक्षित गरेको थियो । र, जनयुद्ध सुरु गरेपछि ती प्रतिबद्धता सार्वजनिक गरेर राष्ट्र र जनताबीच सपथ लिएको थियो ।

ती प्रतिबद्वता मध्येको एक बुदामा भनिएको थियो, एकपटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढताविना सशस्त्र सङ्घर्षको थालनी गर्नु सर्वहारावर्ग एवम् आम जनताप्रति अपराध हुने कुरामा हामी दृढ छौं । यो सङ्घर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दवाब दिई सामान्य सम्झैतामा टुंग्याउने साधन बन्न कदापि दिइने छैन । यसरी हाम्रो सशस्त्र सङ्घर्ष सबै प्रकारका निम्न पुँजीवादी, संकीर्ण राष्ट्रवादी, धार्मिक, साम्प्रदायिक एवम् जातिवादी विभ्रमहरूबाट सम्पूर्ण रूपले मुक्त रहने छ ।

तत्कालिन माओवादी पार्टीको सुप्रिमो प्रचण्डले यो प्रतिबद्वता प्रस्तुत गरेपछि पार्टी हतियार उठाएर युद्वमा होमिएको थियो । तर शान्ति प्रक्रिया पछि जनयुद्धको योजना तर्जुमा, पहल र नेतृत्व गर्ने नेताहरु आफैले यी प्रतिबद्धताको पालना नगरेको भन्दै आलोचना समेत हुँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ