मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा जलमग्न बन्यो बबरमहल, सरकारी कार्यालयमा डुबानमा

मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा जलमग्न बन्यो बबरमहल, सरकारी कार्यालयमा डुबानमा

  • बुधबार, माघ ३०, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

३० माघ, काठमाडौं । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको छ । पाइप फुटेपछि त्यहाँ वरपर रहेका सरकारी कार्यालयसमेत डुबानमा परेका छन् ।
बबरमहल वन परिसर पस्ने गेट अगाडिको सडकमा पाइप फुटेर पानी पसेपछि बबरमहलस्थित वन परिसर, विशेष अदालत, काठमाडौं जिल्ला अदालत लगायतका सरकारी कार्यालय लगायतका सरकारी भवन जलमग्न बनेका छन् ।

काठमाडौं महानगर प्रहरीका कार्यबाहक प्रमुख एसपी विष्णु जोशीले काठमाडौं जिल्ला अदालत अगाडि वन परिसर पस्ने ठाउमा पाइप फुटेको बताए । बबरमहलको सडकमा रहेको पानीको पाइप फुटेपछि त्यहाँबाट बगेको पानी सरकारी भवन परिसरसम्म पुगेको हो ।

पानी जमेर त्यहाँ रहेका सवारी साधनहरू डुबेका छन् भने त्यहाँ अवतजावतमा पनि समस्या भएको छ । यता सडकमा यातायात समेत प्रभावित भएको छ ।

उनका अनुसार यो पाइप फुटेपछि काठमाडौंको खानेपानी नेटवर्क अवरुद्ध हुनेछ । अहिले बबरमहलमा नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोली खटिएको छ । चुच्चेपाटीस्थित महांकाल खानेपानी केन्द्रबाट पानी बन्द गरिसकिएको काठमाडौं खानेपानी उपत्यका लिमिटेड (केयूकेएल)ले जनाएको छ ।

यद्यपि, पाइप ठूलो भएको र त्यहाँ जमेको पानी सबै बग्ने भएकाले अहिले पनि बबरमहलमा पाइपबाट पानी निस्कन छाडेको छैन । पानी नरोकिएपछि अहिले प्रसूति गृहमा पनि उद्धार टोली पठाइएको हो ।

काठमाडौं महानगरका एक प्रहरीले दिएको जानकारी अनुसार अहिले लगभग २ सय जनाको सुरक्षा टोली सो क्षेत्रमा खटिएको छ ।
नेपाल प्रहरी, नेपाली सेना, महानगर प्रहरी गरेर सो संख्यामा टोली खटिएको हो । बबरमहलमै रहेको विशेष अदालतभित्र केही कर्मचारी अझै रोकिएका छन् ।

मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुटेपछि विशेष अदालतमा चलिरहेको मुद्दाको सुनुवाइ नै रोकिएको छ । अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार अदालत परिसरमा बाढी पसेपछि सबै काम ठप्प भएको हो ।

‘अहिले बिजुली पनि छै । अदालतको भुइँतला सबै डुबेको छ,’ उनले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी