‘नृत्य नेपाली पारा एकल नृत्य प्रतियोगिता २०८१’ को वर्कसप राउण्डको अडिसन सम्पन्न

‘नृत्य नेपाली पारा एकल नृत्य प्रतियोगिता २०८१’ को वर्कसप राउण्डको अडिसन सम्पन्न

  • सोमवार, माघ २८, २०८१
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौँ । ‘नृत्य नेपाली पारा एकल नृत्य प्रतियोगिता २०८१’ को वर्कसप राउण्डको अडिसन सम्पन्न भएको छ । डिडान गोकर्णेश्वर र के.के मिडियाको संयुक्त आयोजनमा काठमाडौँको टाइमलाइन स्कुलमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।

नृत्य निर्देशक एंव अध्यक्ष केशव कोइरालाका अनुसार बालबालिकाहरुको प्रतिभा प्रस्फुटनको निम्ती प्रंशसनिय प्लेटफर्म भएको बताएका छन । उनले कार्यक्रममा भोटिङ र टिकेटिङको व्यवस्था नगरेको र नितान्त बालबालिकाहरुको हौसला बढाउन र आफ्नो प्रतिभा प्रस्फुटन गर्नको निम्ती काम गरेको बताएका छन । प्रतियोगीताको सम्पूर्ण जिम्मा निर्णयक मण्डललाई दिने र १०० प्रतिशत फेयर हुने दाबी समेत गरे । प्रतियोगितामा २३५ जना प्रतियोगीहरुको सहभागी रहेको थियो । नृत्य निर्देशक सुनिल गिरि र नृत्य निर्देशक रबिता मगर निर्णायक मण्डलमा रहेका थिए । प्रतियोगीहरु काठमाडौ र भक्तपुरका विभिन्न स्कुलका विद्यार्थीहरु रहेका थिए ।

मेगा राउन्डको लागि छनोटमा नपरेका प्रतिस्पर्धिहरुलाई नृत्य निर्देशक केशव कोइरालाले प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रमको मेगा राउण्ड आगामि शनिबार फागुन ३ गते गरिने आयोजकले जानकारी दिए । त्यसैगरी सेमी फाइनल र फाइनल कार्यक्रम बारे फागुन ३ गते नै जानकारी दिने कार्यक्रम निर्देशक बाबु सेन्चुरीले जानकारी दिए । प्रतियोगीतामा प्रथम हुनेलाई २० हजार रुपैयाँ, दोस्रोलाई १० हजार रुपैयाँ, तेस्रोलाई ७ हजार रुपैयाँ,चौथो र पाँचौ स्थान हासिल गर्नेलाई ५/ ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजनक टिमले बताए । कार्यक्रममा अभिभावक, शिक्षक,नृत्य निर्देशक, विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमको आयोजक टिममा बाबु सेन्चुरी निर्देशकका रुपमा छन । त्यसैगरी अनिल भुजेल प्रबन्ध निर्देशक, बुद्ध तितुङ फाइनान्सियल डिरेक्टर,सन्देश तामाङ सह-सचिवको पदमा रहेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी