विद्यार्थी भिषामा युक्रेन पुगेर थुनिएका दुई युवा नेपाल फर्किए, टिकटकको विज्ञापनले फसाएको गुनासो

विद्यार्थी भिषामा युक्रेन पुगेर थुनिएका दुई युवा नेपाल फर्किए, टिकटकको विज्ञापनले फसाएको गुनासो

  • शुक्रबार, माघ २५, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

९ महिनासम्म युक्रेनी सेनाको कब्जामा रहेका दुई युवा नेपाली आज स्वदेश फर्किएका छन्।

नयाँ दिल्लीस्थित एक एजुकेसन कन्सल्टेन्सीबाट तीन महिनाको विद्यार्थी भिसामा दोलखा घर भएका ३९ वर्षीय शेर साम्बो शेर्पा र तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा ९ महिनाअघि युक्रेन पुगेका थिए।

उनीहरूलाई नेपाली दूतावास जर्मनी, गैरआवासीय नेपाली संघ र युक्रेनस्थित श्रीलंकाको वाणिज्यदूतको संयुक्त पहलमा त्यहाँबाट उद्धार गरिएको हो। उनीहरूको हवाई भाडाको व्यवस्था भने गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै दोलखाका शेर साम्बो शेर्पाले भाषा अध्ययन तथा रोजगारीको सिलसिलामा आफूहरू माल्दोवा हुँदै युक्रेन पुगेको बताए।

हामीलाई सुरूमा युक्रेनले ९० दिनको भिसा दिएको थियो। हामी त जान चाहेका थिएनौं। तर ख्यालख्यालमै भिसा लाग्यो अनि भारतीय कन्सल्टेन्सीले पैसा तिर्नुपर्छ भनेपछि गएका हौं,ु शेर साम्बोले भने, ुभारतबाट दलालले पटकरपटक फोन गरेर लडाइँ भएको रूस र युक्रेनको सीमामा मात्रै हो। त्यहाँ खासै समस्या छैन भन्यो। त्यसपछि हामी कलेजको शुल्क २ लाखसहित ८ लाख तिरेर गएका हौं।

युक्रेन पुग्दा उनीहरूसँग जम्मा ७ दिनको मात्र भिसा थियो। युनिभर्सिटीले भिसा थप्ने प्रक्रिया मिलाउने भनेर १५ सय डलर थप लिइसकेको थियो। भिसा थप्ने प्रक्रिया लम्बिएपछि उनीहरू बाहिर निस्किन थाले। त्यही बेलामा युक्रेनी सेनाको हिरासतमा पुगेको शेर साम्बोले बताए।

सुरूमा त पासपोर्ट हेरेर हामीलाई छोडेको थियो। जब ट्रेनबाट झरेर नेपाल जस्तै गाउँ देखेर घुम्न थाल्यौं। त्यही बेलामा बोर्डर गार्डले आएर हामीलाई समातेको हो,ु शेर साम्बोले भने, ुहामीलाई गिरफ्तार गरेको भोलिपल्टै अदालतमा लग्यो। अदालतले तत्कालै डिपोर्टको आदेश दियो तर हामीसँग डकुमेन्ट अनि हाम्रो दूतावास लगायत कुनै कार्यालय नभएर समय लाग्यो।

आफूहरू प्रलोभनमा परेर युक्रेन गए पनि अरू कोही नजान समेत उनीहरूले आग्रह गरेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी