डा. कार्कीको नेतृत्वमा नेपाली टोली भारतको कृषि विकास सम्मेलनमा सहभागी

डा. कार्कीको नेतृत्वमा नेपाली टोली भारतको कृषि विकास सम्मेलनमा सहभागी

  • शुक्रबार, माघ २५, २०८१
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

मधुबनी, बिहार – नेपाल सरकारका पूर्व सचिव डा. योगेन्द्र कुमार कार्कीको नेतृत्वमा ३४ सदस्यीय नेपाली टोली भारतको मधुबनीमा आयोजित कृषि विकास सम्मेलन तथा मेगा एग्री एक्स्पो २०२५ मा सहभागी हुन पुगेको छ। फेब्रुअरी ७ देखि ९ सम्म सञ्चालन हुने यस अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल र भारतका कृषि विज्ञ, उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी तथा पत्रकारहरूको उपस्थिति रहनेछ।

यस सम्मेलनले नेपाल र भारतबीच कृषि प्रविधि, उत्पादन, बजारीकरण तथा कृषि नवप्रवर्तन सम्बन्धी अनुभव आदान-प्रदान गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। डा. कार्कीका अनुसार, नेपालका कृषि क्षेत्रका चुनौतीहरू, अवसरहरू तथा स्रोतहरूको दिगो उपयोग सम्बन्धी छलफल हुनेछ।

डा. कार्कीले भन्नुभयो, “हामी यस सम्मेलनमार्फत भारतीय विज्ञहरूबाट कृषि प्रविधि तथा बजार व्यवस्थापनका नयाँ विधिहरू सिक्नेछौँ। साथै, नेपाली कृषि क्षेत्रमा लाग्नुभएका उद्यमी, विद्यार्थी तथा अनुसन्धानकर्ताहरूले आफ्ना विचार प्रस्तुत गर्ने अवसर पाउनेछन्।”

नेपालबाट सहभागी टोलीले कृषि प्रविधि, जैविक खेती, मूल्य अभिवृद्धि, जलवायु परिवर्तन तथा कृषि व्यवस्थापन, प्राकृतिक स्रोत व्यवस्थापन, पशुपालन, कृषि वित्त तथा जोखिम व्यवस्थापन लगायतका विभिन्न विषयमा छलफल गर्नेछ।

यस अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल र भारतबीच कृषि क्षेत्रमा सहकार्यका सम्भावनाहरू, किसानहरूको आम्दानी दोब्बर बनाउने रणनीति, जैविक कृषि व्यवसायको प्रवर्द्धन, कृषि तथा बागवानी विकासका नयाँ प्रविधिहरू, बजार सुधारका नवीनतम विधिहरू, जलवायु परिवर्तन तथा कृषि व्यवस्थापन रणनीति, पशुपालन स्वास्थ्य तथा रोग नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम तथा महिला सशक्तिकरण तथा कृषि उद्यमशीलता विकास जस्ता विषयमा गहन छलफल हुनेछ।

कार्यक्रम कृषि विज्ञान केन्द्र, चानपुरा, बसाइथा, मधुबनी, बिहार, भारत मा आयोजना भइरहेको छ। नेपाली टोलीको सहभागिताले कृषि क्षेत्रमा नवीनतम प्रविधि र रणनीतिहरू सिक्न र साझा अनुभव आदान-प्रदान गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी