घरेलु मैदानमै भएको श्रृंखलामा नेपाल पाँचौ खेलमा पनि पराजित

घरेलु मैदानमै भएको श्रृंखलामा नेपाल पाँचौ खेलमा पनि पराजित

  • बुधबार, माघ २३, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

महिला त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले पाँचौँ हार व्यहोरेको छ। बुधबार सम्पन्न खेलमा नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको हो। १४६ रनको लक्ष्य नेदरल्यान्ड्सले विनाविकेट अन्तिम २ बल बाँकी रहदै भेटायो ।

नेदरल्यान्ड्सको जितमा ओपनर स्टेरे कलिस सतकबाट २ रनले टाढा रहिन्। फेबे मोल्केनबोयर पनि अर्धसतकबाट २ रनले नै चुकिन्।

कलिसले ६९ बलमा ११ चौका र २ छक्का प्रहार गर्दै ९८ रन बनाइन्। मोल्केनबोयरले ४९ बलमा ४ चौकाको मद्दतमा ४८ रन बनाइन्।

७ जना बलर प्रयोग गरेको नेपालका कुनै पनि बलरले विकेट लिन सकेनन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूजा महतोको अर्धशतकको मद्दतमा ४ विकेटको क्षतिमा १४५ रन बनाएको थियो।

पूजाले नटआउट ६२ रन बनाइन्। ५१ बलको सामना गर्दा उनले ५ चौका प्रहार गरिन्। कविता जोशी ६ बलमा ७ रन बनाउँदै नटआउट रहिन्। उनले एक छक्का प्रहार गरिन्।

नेपालका लागि ओपनर सम्झना खड्का ६ रनमा र ममता चौधरी १ रनमा आउट भए। त्यसपछि कप्तान इन्दु बर्मा ३९ रनको योगदान गर्दै पेबेलियन फर्किइन्।

इन्दुले ३७ बलमा ५ चौका प्रहार गरिन्। रुविना क्षेत्रीले १७ बलमा तीन चौका प्रहार गर्दै २० रनको योगदान दिइन्।

नेदरल्यान्ड्सकी आइरिस ज्विलिङले २ विकेट लिँदा क्यारोलिन डे लैंग र हेदर सिजर्सले समान एक विकेट हात पारे।

अब अन्तिम खेल नेपालले थाइल्यान्डसँग खेल्नेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी