त्रिकोणात्मक महिला ट्वान्टी-२० क्रिकेट शृंखला: थाइल्यान्डसँग पुनः चुक्यो नेपाल

त्रिकोणात्मक महिला ट्वान्टी-२० क्रिकेट शृंखला: थाइल्यान्डसँग पुनः चुक्यो नेपाल

  • मङ्लबार, माघ २२, २०८१
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

माघ २२, काठमाडौँ । त्रिकोणात्मक महिला ट्वान्टी-२० क्रिकेट शृंखलामा नेपालले थाइल्यान्डविरुद्धको खेल जित्ने राम्रो मौका गुमाएको छ । थाइल्यान्डले मंगलबार नेपाललाई ५ रनले पराजित गरेको छ ।
रुविना क्षेत्री र पूजा महतोले पाँचौं विकेटमा ४४ रनको साझेदारी गरेपछि नेपालको आशा बढेको थियो । तर रुविना र पूजा ५ बलको अन्तरमा आउट भए । रुविनाले ३० बल खेली ३ चौका र १ छक्का प्रहार गरि २६ र पुजाले २८ बल खेलि २ चौका प्रहार गरि १८ रन बनाइन् ।
रोमा थापा र कविता जोशीले सातौं विकेटमा ३६ रनको साझेदारी गरी नेपाललाई पुनः आशा दिलाए । कविताले २० बल खेली ३ चौका र १ छक्का प्रहार गरी २४ रन बनाइन् । रोमा १९ बल खेली २ चौका प्रहार गरी १९ रनमा अविजित रहिन् । एलिसा यादव शून्यमा रनआउट भइन् । रचना चौधरी २ रनमा अविजित रहिन् ।

मनिषाले आफ्नो पहिलो ओभरमा सनसनी बलिङ गरेपछि नेपालले थाइल्यान्डको ब्याटिङलाई नियन्त्रणमा राखेको थियो । खेलको सातौं ओभरमा मनिषाले आफ्नो पहिलो बलमा ओपनर अफिसारा सुवानचोनराथीलाई १७ रनमा एलबीडब्लु आउट गरेकी थिइन् । त्यसको तीन बलपछि उनले नटाकान चानथामलाई पनि शून्यमा एलबीडब्लूकै धरापमा पारेकी थिइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी