चराविद् पौड्यालको स्मृतिमा चित्रकला प्रदर्शनी

चराविद् पौड्यालको स्मृतिमा चित्रकला प्रदर्शनी

  • आइतवार, माघ २०, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, २० माघ : कलाकार, चराविद् तथा साहित्यकार हेम पौड्यालको प्रथम स्मृति दिवसका अवसरमा आज काठमाडौँमा उहाँको कविता सङ्ग्रह लोकार्पणसँगै उहाँले बनाउनुभएका चित्र प्रदर्शनी गरिएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्सालमा प्रतिष्ठान र कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकको आयोजनामा पौड्यालको सम्झनामा चित्रकला प्रदर्शनी गरिएको हो । कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाली ललितकला क्षेत्रमा चरालाई विषयवस्तु बनाई चित्र कोर्ने सिद्धहस्त कलाकार पौड्याल स्मरणीय व्यक्तित्व रहेको बताउनुभयो । उहाँले पौड्यालका कलामा श्रम, सीप जोडेर प्रकृति र सिर्जनामा शिल्पगत विशेषता रहेको धारणा राख्नुभयो ।

कुलपति हार्तम्छालीले भन्नुभयो, “कलाकार पौड्याल नवपुस्ताको ऊर्जा स्रोत हुनुहुन्छ ।”

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राईले कलाकार पौड्याल कला सर्जक मात्र नभई प्रकृतिप्रतिको सचेतना भएको भविष्य द्रष्टा पनि भएको बताउनुभयो । कला र साहित्यमा पौड्यालको अतुलनीय योगदान रहेको उहाँको भनाइ थियो । समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय वान्तावाले कलाकार पौड्यालको परिचय कला, साहित्य र सामाजिक क्षेत्रमा गरी त्रिआयामिक रूपमा रहेको बताउनुभयो ।

पौड्यालकी जीवनसाथी तथा सर्जक गङ्गा कर्माचार्य पौड्यालले पौड्यालको सामाजिक सेवा तथा लगावका बारेमा जानकारी दिनुभयो । कार्यक्रममा अन्तरविद्यालय चित्रकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने क्रमशः करिना बस्नेत, चिराग राई र शीतल महर्जनलाई पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा २२ कलाकार सहभागी थिए । कविता प्रतियोगीतामा अनाम ‘उपेक्षित’ प्रथम, अनिता ढकाल द्वितीय र सुन्दर ‘शिरीष’ तृतीय हुनुभएको थियो । यसमा २३ कवि सहभागी थिए । पौड्यालले सिर्जना गर्नुभएका चराका चित्रसँगै अन्य २२ कलाकारले बनाएका चित्र यहाँ प्रदर्शनीमा राखिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी