महिला अन्तर्राष्ट्रिय क्रिकेटः नेपालको तेस्रो हार

महिला अन्तर्राष्ट्रिय क्रिकेटः नेपालको तेस्रो हार

  • आइतवार, माघ २०, २०८१
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौँ, २० माघः राजधानीमा जारी महिला टी–२० शृङ्खलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाल १५ रनले पराजित भएको हो ।

जितका लागि एक सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २५ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान इन्दु वर्माले सर्वाधिक ३० रन जोडिन् । उनले ३२ बल खेल्ने क्रममा एक छक्का प्रहार गरिन् । त्यस्तै सम्झना खड्काले २४ बलमा चार चौकाको सहयोगमा २३ रन बनाइन् भने पूजा महतोले १८, कविता जोशीले १४ तथा सीता रानामगरले अविजित १० रन बनाइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४० रनको योगफल तयार गरेको थियो ।

नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डि लिडेले सर्वाधिक ४१ रन जोडिन् । उनले ३८ बलमा चार चौका र एक छक्का प्रहार गरिन् । त्यस्तै हिटर सिगर्सले २६ तथा रोविन रिके र फेबी मोलकिनरले समान २१ रन बनाइन् ।

नेपालका लागि सिताले रानामगरले पाँच विकेट लिइन् । त्यस्तै मनिषा उपाध्यायले दुई तथा कविता जोशी र इन्दु वर्माले समान एक÷एक विकेट लिइन् ।

प्रतियोगितामा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डको सहभागिता छ । प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो । यसअघि नेपाल पहिलो खेलमा नेदरल्याण्ड्स र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो । नेपालले यही माघ २२ गते थाइल्याण्डसँग खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी