साउदी अरबमा भएको सवारी दुर्घटनामा ३ नेपालीको मृत्यु भएको छ भने १ नेपाली गम्भीर घाइते भएका छन्।
दुर्घटनामा उदयपुरका रुपक कार्की, पाल्पाका कृष्ण खत्री र कपिलवस्तुका मीनबहादुर राणाको मृत्यु भएको नेपाली राजदुतावासले जनाएको छ ।
यसैगरी उक्त बस दुर्घटनामा इलामका सुकबहादुर लिम्बु गम्भीर घाइते भएका छन्।
साउदीको जिजानको रिफाइनरी रोडमा गत सोमबार नेपालीसहितका श्रमिक सवार बस ट्रेलरसँग ठोकिएर भएको दुर्घटनामा भारतका ९ जना र अफ्रिकी देश घानाका ३ जनाको पनि मृत्यु भएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline