एन्फा महिला लिगको उपाधी एपिएफलाई

एन्फा महिला लिगको उपाधी एपिएफलाई

  • बुधबार, माघ १६, २०८१
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

एपीएफ नेपाली महिला फुटबलको लिगमा फेरि च्याम्पियन भएको छ । डिफेन्डिङ च्याम्पियन एपीएफले बुधबार दशरथ रंगशालामा भएको प्ले–अफ फाइनलमा पुलिसलाई ४–० ले हरायो । पूरा प्रतियोगितामा एपीएफले कुनै पनि खेल गुमाएन र अपराजित हुँदै उपाधि जितेको हो ।

लिगको पहिलो र दोस्रो चरण दुवैमा एपीएफ नै शीर्ष स्थानमा रहेको थियो । यसपल्टको लिगमा एपीएफको यो लगातार १८ औं जित हो ।

पुलिसले पहिलो हाफमा एपीएफलाई गोलरहित बराबरीमा रोके पनि त्यसलाई पछि कायम राख्न सकेन । एपीएफका लागि सविता रानागमरले दुई तथा सरु लिम्बू र अनु लामाले एक गोल गरे ।

यो उपाधी जिताएपछि एपिएफकी कप्तान अनु लामाले फुटबलबाट सन्यास लिएकी छन् ।
एपीएपका खेलाडीले लामालाई ‘गार्डअफ अनर’ दिएर बिदाइ गरेका थिए। उनी खेल मैदानमै भावुक बनेकी थिइन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी