भोली टुँडिखेलमा सांगीतिक प्रस्तुति दिँदै गायक विजय लामा

भोली टुँडिखेलमा सांगीतिक प्रस्तुति दिँदै गायक विजय लामा

  • बुधबार, माघ १६, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं । सोनाम ल्होसारको अवसर पारेर गायक विजय लामाले राजधानीको टुँडिखेलमा सांगीतिक प्रस्तुति दिने भएका छन्।

२८६१औं सोनाम ल्होसारको अवसरमा माघ १७ गतेका दिन टुँडिखेलमा गायक लामाले आफ्नो व्याण्डसहित एकल सांगीतिक प्रस्तुति दिने भएका हुन्।

विजय लामा एण्ड द व्याण्डको प्रस्तुति रहने कार्यक्रममा गायक लामाले आफ्ना चर्चित गीत नखानु पानी तोङबाको, उँभो उँभो लेकमा म जाँदा, रोसी खोला पारी, माया है बस्ला रसैलेलगायतका एक दर्जन बढी गीत गाउने छन्। लोसार मूल समारोह समितिको आयोजनामा हुन लागेको कार्यक्रमको व्यवस्थापक नमस्ते साउण्ड रहेको छ।

यसैबीच टुँडिखेलको कार्यक्रम सकिए लगत्तै भोलीपल्ट नै गायक लामा सांगीतिक प्रस्तुतिका लागि दुबई उड्नेछन्। उनले फेब्रुअरी १ तारिखका दिन दुबईको क्लब याक एण्ड यती एभरेष्ट बार दुबईमा एकल सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ।

उक्त कार्यक्रमको आयोजक दुबई नेपाली रक्स रहेको गायक लामाले जानकारी दिए। पछिल्ला दिनमा सामाजिक काममा पनि व्यस्त गायक लामाले देशभरका गरिव र टुहुरा असहायका लागि काम गरिरहेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी