साउदीमा मृत्यु भएका लहेरीको परिवारलाई १० लाख सहयोग

साउदीमा मृत्यु भएका लहेरीको परिवारलाई १० लाख सहयोग

  • मङ्लबार, माघ १५, २०८१
  • सञ्जय मिश्रा

  • 6.4K
    SHARES

रौतहट १५ माघ। बैदेशिक रोजगारीमा गएको बेला साउदी अरबमा मृत्यु भएका रौतहटको मध्यभाग गरुडा नगरपालिका ६ का स्वर्गीय मिस्टर लेहेरिको परिवार लाई १० लाख रुपैयाँ सहयोग भएको छ।

गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालले मृतक लहेरीको श्रीमती हिरजा खातुनलाई वैदेशिक रोजगार बोर्डबाट प्राप्त भएको १० लाख रुपैयाँको सहयोग रकम चेक हस्तान्तरण गरेका हुन्।

श्रम स्वीकृतिको म्याद सकेर एक वर्ष भित्र मृत्यु भएका लहेरीको क्षतिपूर्ति रकम पाउने ब्यवस्था अनुसार उनको परिवारले मात्र १० लाख रुपैयाँ पाएको मेयर जैसवालले बताएका छन्।

बीमाको म्याद नसकेको भए बैदेशिक रोजगार बोर्डबाट थप रु १४ लाख गरी कुल २४ लाख रुपैयाँ पाउन नसकिने व्यवस्था रहेको जनाईएको छ।

लहेरीको परिवारलाई गरुडा नगरपालिकाबाट आवश्यक सहयोग गरिने मेयर जैसवालले प्रतिबद्धता व्यक्त गरेका छन्। बैदेशिक रोजगारीमा गएका लहेरीको साउदी अरेबियामा २०८१ साल पुस २२ मा मृत्यु भएको पीडित परिवारले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ