सरलाको ‘कोपिलाको पुकार’मा दीपा झा, मेलिनादेखि बबिनासम्मको स्वर

सरलाको ‘कोपिलाको पुकार’मा दीपा झा, मेलिनादेखि बबिनासम्मको स्वर

  • मङ्लबार, माघ १५, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

काठमाडौं । गायिका दीपा झाको स्वरमा रहेको गीति एल्बम कोपिलाको पुकारको लोकार्पण गरिएको छ।

कोपिलाको पुकार समाजसेवी, साहित्यकार तथा गीतकार सरला श्रेष्ठको शब्द सृजनामा रहेको गीति एल्बम हो। मुम्बईको कृष्ण स्टुडियोमा रेकर्ड गरिएको कोपिलाको पुकार एल्बमको शीर्ष गीतको भिडियो पनि निर्माण गरिएको छ।

कोपिलाको पुकारको भिडियोमा वरिष्ठ गायिका दिपानारायण झा नै फिचर्ड छिन्। एल्बम कोपिलाको पुकारमा ६ वटा गीत समावेश छन्। एल्बममा नरेन्द्र प्यासी, लक्ष्मण पोखरेल, मनोज चौलागाईं, बबिना भट्टराई, सरोज पोखरेल, शंकर थापा स्माईलले संगीत भरेका छन्। एल्बममा दीपा झा, अन्जु पन्त, प्रताप दास, बबिना भटटराई, शिवराम विश्वकर्मालगायतको स्वर छ।

श्रेष्ठको यात्रा शुभारम्भ कविता सग्रहमा संग्रहित गीति कविता कोपिलाको पुकारलाई संगीतकार लक्ष्मण पोखरेलले गीति लयमा तयार पारेका हुन्। गीतकार संघको आयोजनमा एल्बम लोकार्पण गरिएको हो।

कोपिलाको पुकारमा लक्ष्मण पोखरेलको संगीत, मनोज चौलागाईंको एरेन्ज, प्रकाश मिश्रको ध्वनी सम्पादन, अमिर शेखको रेकर्डिङ तथा आनन्द दल सिंह गहतराजको निर्देशन रहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी