आईसीसी यू–१९ विश्वकपको अन्तिम खेलमा नेपालको सान्त्वना जीत, मलेशिया सात विकेटले पराजित

आईसीसी यू–१९ विश्वकपको अन्तिम खेलमा नेपालको सान्त्वना जीत, मलेशिया सात विकेटले पराजित

  • शुक्रबार, माघ ११, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आफ्नो अन्तिम खेलमा मलेसियाले सहजै पराजित गरेको छ। मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो।

नेपालको जितमा कप्तान पूजा महतोले नटआउट २३ रन बनाइन्। उनले ३२ बलमा ४ चौका प्रहार गरिन्। ओपनर साना प्रभीन १ रन र सावित्री धामी ३ रनमै आउट भइन्। ज्योत्स्निका मरासिनीले ७ बलमा ७ रन बनाउँदा सीमाना केसी ४ रनमा अविजित रहिन्। मलेसियाका लागि तीनवटै विकेट मार्स्याले लिइन्।

त्यसअघि जोहर क्रिकेट एकेडेमी ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसिया १६।५ ओभरमा ४५ रन बनाउँदा अलआउट भएको थियो।

मलेसियालाई ४ ओभर खेल्न बाँकी हुँदै अलआउट गर्दा नेपालकी कप्तान पूजा महतोले ४ तथा रचना चौधरीले ३ विकेट लिए। सीमाना केसी र रिया शर्माले समान एक विकेट लिँदा एक विकेट रन आउट गराएको थियो।

मलेसियाका लागि नुरिमानले १५ रन बनाउनु बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।

प्लेअफपछि चार टोलीको १३ औँदेखि १४ औँ स्थानसम्म तय हुनेछ। १२ टोली भने दुई समूहको सुपर ६ मा पुगेका छन्।

नेपाल यस अघि बंगलादेश, स्कटल्याण्ड र अष्ट्रेलियासँग पराजित भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी