यू–१९ विश्वकप नेपाल समुह चरणबाटै बाहिरियो

यू–१९ विश्वकप नेपाल समुह चरणबाटै बाहिरियो

  • बुधबार, माघ ९, २०८१
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

आईसीसी यू–१९ टी २० महिला विश्वकप क्रिकेटमा नेपाल समूह चरणबाटै बाहिरिएको छ।

समूहको अन्तिम खेलमा बुधबार अस्ट्रेलियासँग ८३ रनले पराजित भएसँगै नेपालको विश्वकप यात्रा समाप्त भएको हो । समूह डी मा रहेको नेपाल तीनै खेलमा पराजित भयो। मलेसियामा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको १४० रनको दिएको थियो।

नेपालले ८ विकेट गुमाएर मात्रै ५६ रन बनाउन सक्यो। नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक १८ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

ओपनर साना प्रवीनले ८ रन बनाउँदा सावित्री धामी ७ रनमा आउट भइन्। ज्योत्स्निका मरासिनी र कृष्मा गुरुङले खाता नै खोल्न सकेनन्। मरासिनी ९ बल र गुरुङले २ बलको सामना गरे।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ