नेपाल सामु अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

नेपाल सामु अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

  • बुधबार, माघ ९, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, ९ माघ । अस्ट्रेलियाले नेपाल सामु १४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
आइसिसी यु–१९ ट्वान्टी– २० विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल सामू अष्ट्रेलियाले १४० रनको लक्ष्य प्रस्तुत गरेको हो ।

मलेसियाको वाइएसडी युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रनको योगफल तयार पार्न सफल भएको छ ।

अस्ट्रेलियाका लागि काओइमहे ब्रेले ३४ बलमा सामान ३ चौका र छक्काको मद्दतले सर्वाधिक ४५ रनको योगदान गरेकी थिइन भने एलेनोर लारेसाले ३१, हसरत गिलले अविजित ३० र क्लो एन्वर्थले अविजित १६ रनलगायत बनाउँदै १४० रनको लक्ष्य प्रस्तुत गरेको हो ।

यता, नेपालका लागि भने कप्तान पूजा महतोले तीन, सीमाना केसीले दुई र रिया शर्माले एक विकेट मात्र लिन सफल भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी