यू– १९ विश्वकपको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ । नेपालले दिएको ५३ रनको सामान्य लक्ष्य बंगलादेशले पाँच विकेटको क्षतिमा १३.२ ओभरमा पूरा गर्यो ।
टस हारेपछि नेपालले श्ुरुमा ब्याटिङ गर्दै १८.२ ओभरमा ५२ रन जोड्दा अलआउट भएको थियो ।
त्यसपछि जवाफी ब्याटिङमा आएको बंगलादेशलाई ११ रन जोड्दा तीन विकेट लिएर शुरुमा दबाबमा राखे पनि पछि विकेट झार्न ढिला गर्न पराजय भोग्न बाध्य भयो ।
बंगलादेशको जितमा सुमैया अख्तर सुवर्णले ४, फाहोमिदा चोयाले १, जुइरिया फिरदौसले २, सादिया इस्लामले १६ र सुमैया अख्तरले १२ रनको योगदान दिए। त्यस्तै नटआउट रहेकी अफिया आशिमा युगले ९ र जन्नतुल माउवाले ५ रन बनाइन्।
नेपालकी पुजा महतो, रिया शर्मा, सीमाना केसी र रचना धौधरीले समान एक-एक विकेट लिए।
त्यसअघि ब्याटिङ गरेको नेपाल ५२ रनमा अलआउट भएको थियो। कुल १८।२ ओभरसम्म मात्रै खेलेका नेपालका खेलाडीहरु साना प्रविन र सीमाना केसी बाहेक कसैलै पनि दोहोरो अंकमा रन बनाउन सकेनन्।
३० रन जोड्दा नेपालका आधा खेलाडी पेभिलियन फर्किसकेका थिए। ओपनर सावित्री धामी १, कप्तान पुजा महतो २, सोनी पाख्रिन र किरन कुँवरले १ रन मात्रै बनाए।
साना प्रविनले १९ रन जोडिन् भने सीमाना केसीले १० रन बनाइन्। त्यस्तै अलिशाकुमारी यादवले ४ रन, तिर्सना विश्वकर्मा ३, अनु कठायत ०, रचना चौधरी ३ र रिया शर्माले ५ रन मात्रै बनाउन सके।
नेपालले माघ ७ गते स्कटल्यान्डसँग र माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ।