यू–१९ टी२० महिला विश्वकपको पहिलो खेलमा बंगलादेशविरुद्ध कमजोर ब्याटिङ गर्दै ५२ रनमा अलआउट भएको छ ।
मलेसियामा जारी खेलमा कुल १८.२ ओभरसम्म मात्रै खेलेका नेपालका खेलाडीहरु साना प्रविन र सीमाना केसी बाहेक अन्यले दोहोरो अंक बटुल्न सकेनन् ।
ओपनर सावित्री धामी १, कप्तान पुजा महतो २, सोनी पाख्रिन र किरन कुँवरले १ ÷१ रन मात्रै बनाए।
साना प्रविनले १९ रन जोडिन् भने सीमाना केसीले १० रन बनाइन्। त्यस्तै अलिशाकुमारी यादवले ४ रन, तिर्सना विश्वकर्मा ३, , रचना चौधरी ३ र रिया शर्माले ५ रन बनाउन सके। अन् कठायत शुन्य रनमा आउट भईन् ।
नेपालमा ६ खेलाडी रनआउट भएका थिए । यसले ब्याटिङ स्तर कमजोर संकेत गरेको छ ।
विश्वकपमा छनोट भएपछि गत महिना एसीसी यू–१९ एसिया कपमा पाकिस्तानलाई पराजित गर्दै नेपालले ऐतिहासिक जित हात पारेको थियो।
विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ। यो समूहमा नेपालसँगै बंगलादेश, अस्ट्रेलिया र स्कटल्यान्ड छन्। सुपर–६ मा पुग्नका लागि नेपालले कम्तिमा एक टोलीलाई पराजित गर्नुपर्छ।
प्रत्येक समूहबाट समान तीनरतीन टोली सुपर ६ मा पुग्नेछन्। सुपर ६ मा दुई समूह हुनेछन्।
दुवै समूहका शीर्ष दुई दुई टोलीले सेमिफाइनल खेल्नेछन्। नेपालले माघ ७ गते स्कटल्यान्डसँग र माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ।