अपहरणको कसुरमा संलग्न ४ भारतीय पक्राउ

अपहरणको कसुरमा संलग्न ४ भारतीय पक्राउ

  • बिहिबार, माघ ३, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, ३ माघ । अपहरण तथा शरीर बन्धक कसुरमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं ठमेल बस्ने भारत महाराष्ट्र प्रदेश सतरा फल्टन थाना घर भएका ३३ वर्षीय आशुतोष दत्तात्रय थोरात, ४० वर्षीय अफसर युनुश शेख, भारत महाराष्ट्र प्रदेश अहमद नगर पाथरडि थाना घर भएका ३० वर्षीय अनमोल खरमाटे र ३२ वर्षीय अमोल भन्ने अंबदास जगन्नाथ सिरसात रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं ठमेलस्थित काठमाडौं स्क्वायर होटलबाट चिनियाँ नागरिकलाई योजनावद्ध तवरले ४ जना भारतीय नागरिकहरूले जबरजस्ती एमएच १६ डिजी ४९०४ नम्बरको गाडीमा राखी मंगलबार दिउँसो अपहरण गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुरको समन्वयमा मकवानपुर भिमफेदी गाउँपालिका–६ बाट घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी