दाेस्राे अभ्यास खेल, नेपाल अमेरिकासँग ५ विकेटले पराजित

दाेस्राे अभ्यास खेल, नेपाल अमेरिकासँग ५ विकेटले पराजित

  • बुधबार, माघ २, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, २ माघ । नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ ।

नेपाल आइसिसी यु–१९ महिला विश्वकपको दोस्रो अभ्यास खेलमा अमेरिकासँग ५ विकेटले पराजित भएको हो ।

अभ्यास खेलमा नेपालको यो लगातार दोस्रो पराजय हो । पहिलो खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको थियो ।

मंगलबार मलेसियाको रोयल रोयल सेलान्गोर क्लबमा नेपालले प्रस्तुत गरेको ५९ रनको लक्ष्य अमेरिकाले १४ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको थियो ।अमेरिकाका लागि इसानी वाघेलाले २४ र पूजा शाहले १० रन बनाउन सफल भएका थिए ।,

नेपालका लागि रिया शर्माले तीन र कप्तान पूजा महतोले एक विकेट लिएका हुन ।
त्यसअछि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ५८ रनको योगफल तयार पारेको थियो । नेपालका लागि साना प्रविनले १२ र पूजा महतोले १० रन बनाउनुबाहेक अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अमेरिकाका लागि इसानी वाघेला, पूजा शाह, ऋतु सिंह, माही माधवन, सुहानी थडानी र सानवी इम्मादीले समान एक विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी