ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं ६ को आयोजनामा पुष २७ गते प्रथम वडा कप हाप्किडो च्याम्पियनसिप २०८१ सम्पन्न भएको छ ।
हाप्किडो च्याम्पियन्सको खेलमा रफ्रीमा क्रमश ः शुरेस चन्द ठकुरी, नरेश महर्जन, संजय कुमार महर्जन, आशिष घिमिरे, राज महर्जन , लभेन्द्र नेमकूल (श्रेष्ठ ), इन्द्र महर्जन , बिकास श्रेष्ठ, श्रीकण्ठ नेमकूल र निर्णायकमा नरेन्द्र महर्जन र मनोज कुमार महर्जन रहेका थिए ।
कार्यक्रम संचालन संघका सचिव महेस राज बज्राचार्यले गरेका थिए। ३६ जना महिला खेलाडीहरु र ६७ जना पुरुष खेलाडीहरू २० के.जी देखि ६० के.जी तौल सम्म का सहकारी भएका थिए ।
० सहभागी वडा च्याम्पियनसिप खेलमा १६ वटा स्वर्ण पदक , १६ वटा रजत र ३२ वटा कास्य पदक वितरण गरिएको थियो ।
टिम च्याम्पियन हुने सिद्धिपुर हाप्किडो डोजाङ्ग र द्वितीय स्थानमा विश्वामित्र डोजाङ्गका खेलाडी रहेका थिए ।
कार्यक्रमका सभापति यस वडा नं ६ का अध्यक्ष धर्म महर्जन बाट पदक विजेता खेलाडीहरुलाई प्रमाणपत्र बितरण गर्नु भयो ।
कार्यक्रमका प्रमुख अतिथी नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघका अध्यक्ष सुदिप पण्डितले खेलाडिहरु लाई मेडल प्रदान गर्नु भयो। नेपाल हाप्किडो संघका अध्यक्ष यनिप महर्जन बाट टिम च्याम्पियन डोजाङ लाई च्याम्पियनसिप कप प्रदान गरिएको थियो ।
