ओएसनेपालको प्रकाशनमा हाइकु सङ्ग्रह सार्वजनिक

ओएसनेपालको प्रकाशनमा हाइकु सङ्ग्रह सार्वजनिक

  • मङ्लबार, पुस २३, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

वरिष्ठ साहित्यकार एवं हाइकुकार प्रा. पुष्कर लोहनीबाट एक समारोहबीच खेलमैदान (हाइकु सङ्ग्रह) सार्वजनिक गर्नुभयो । वरिष्ठ साहित्यकार, कवि, गीतकार एवं हाइकुकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा रहेको उक्त पुस्तक ओएसनेपालबाट प्रकाशित भएको हो ।

कार्यक्रममा पुस्तक सार्वजनिक गर्दै प्रा. पुष्कर लोहनीले विक्रम सम्बत् २०५६ सालमा साहित्यकार सुरेन्द्र महर्जनलाई भेटेपछि आजसम्म पनि हाम्रो भेट हुँदै गरेको र आगामी आउने दिनमा मेरो र सुरेन्द्रको संयुक्त हाइकु सङ्ग्रह पनि प्रकाशित गर्ने सोच बनाएको छु ।

उहालाई साहित्य, कला र चित्रकारिताको शुभकामना दिनुभयो । कार्यक्रममा प्रकाशकको तर्फबाट विवेक कार्कीले करिब दुई दर्जन कृति ओएसनेपालबाट साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को कृतिहरू निरन्तर प्रकाशित गर्दै रहेकोे र आगामी दिनहरूमा पनि मौका मिलेको खण्डमा उहाँको कृति प्रकाशित गर्दै रहने जानकारी गराउनु भयो । कार्यक्रममा राजेन्द्र बस्नेत, रामचन्द्र कोइराला, निमेश के. सि, अष्ट महर्जन र गायक/कलाकार चिरञ्जीवी भण्डारीले पुस्तकको बारेमा बोल्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी