प्रचण्डलाई पनि श्रममा जोएिर काम गर्न माओवादी केन्द्रीय सदस्यहरुको माग

प्रचण्डलाई पनि श्रममा जोएिर काम गर्न माओवादी केन्द्रीय सदस्यहरुको माग

  • सोमवार, पुस २२, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा बोल्ने सदस्यहरूले अध्यक्ष प्रचण्ड पनि उत्पादन र श्रममा जोडिएर काम गर्नु पर्ने माग गरेका छन् ।

अध्यक्ष प्रचण्डले आइतबार पेस गरेको राजनीतिक प्रतिवेदनमा केन्द्रित रहेर धारणा राख्ने क्रममा सोमबारको बैठकमा सदस्यहरूले अध्यक्षसहित सबै नेता कार्यकर्ताहरू श्रम र उत्पादनसँग जोडिनुपर्ने सुझाव आएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

बोल्ने कतिपय सदस्यहरूले अध्यक्ष प्रचण्डसमेत कम्तीमा पनि महिनामा ३ पटक श्रम र उत्पादनमा जोडिनुपर्ने धारणा राखेको सापकोटाले बताए ।

यस्तै दण्डहीनताको अन्य हुनुपर्ने, काँठ क्षेत्रमा पनि पार्टीको विशेष अभियान सञ्चालन हुनुपर्ने, विभागहरूलाई प्रभावकारी बनाउनुपर्ने विषय सदस्यहरूले उठाएको उनको भनाइ छ । यस्तै पार्टीको सदन र सडकलाई जोड्ने नीतिअनुसार सदनलाई प्रभावकारी बनाउन जोड दिनुपर्ने, सदन छिटो आह्वानका लागि दबाब दिँदै अरू पार्टीसँग पनि सहकार्य बढाउनुपर्ने सदस्यहरूले सुझाव दिएका छन् ।

बैठक मंगलबार ११ बजे फेरि बस्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी